काठमाडौं,१७ जेठ । पोखरा विमानस्थलमा जहाज उडान र अवतरण पुन सुरू भएको छ । धावनमार्ग नजिकै रहेको सडकमा तेल बोकेको ट्यांकर पल्टिएपछि आज बिहान विमानस्थल बन्द गरिएको थियो ।
आयल निगमको डिपोबाट तेल हाल्न जाने क्रममा विमानस्थलमै ‘रिफ्युलर’ ट्यांकर पल्टिएको थियो। विमानस्थलका सूचना अधिकारी देवराज सुवेदीले पेरिमिटर रोडु को नजिकै पल्टिएको ट्यांकर हटाइ सकिएको जानकारी दिए। पल्टिएको ट्यांकर हटाएपछि विमानस्थल खुलेको छ,’ उनले भने । ट्यांकर पल्टिएपछि इन्धन पोखिएको थियो। पोखिएको इन्धन सफा गरिएको छ।