• ट्रेण्डिङ्ग :
किसान पेन्सन हावादारी कार्यक्रम हो : हृदयेश त्रिपाठी

किसान पेन्सन हावादारी कार्यक्रम हो : हृदयेश त्रिपाठी


  • 9.4K
    SHARES
    • जेठ १८, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 14.5K Views

    किसान पेन्सन हावादारी कार्यक्रम हो : हृदयेश त्रिपाठी

    काठमाडौं,१८ जेठ। जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीले सरकारले बजेटमार्फत घोषणा गरेको किसान पेन्सन कार्यक्रमलाई हावादारी भनेका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा बजेटमाथि धारणा राख्ने क्रममा उनले किसानलाई के आधारमा पेन्सन दिने भन्ने नै नखुलेको भन्दै हावादारी कार्यक्रम भनेका हुन् ।‘

    images

    योगदानको आधारमा किसानलाई पेन्सन भनेको के हावादारी कुरा हो रु’ उनले प्रश्न गरे, ‘यदि कृषि उपजको बीमाको कुरा भएको भए कुरा बुझिन्थ्यो, पेन्सन प्राप्त गर्ने के मोडालिटी हुन्छ ? अर्थमन्त्रालयले कसले भनेर राख्दियो ? नेपाली किसानलाई खेतमा पानी, समयमा मल र उम्रिने बिउ भए पुग्ने भन्दै उनले यसै वर्ष धान खेतीमा राख्ने मल अभाव हुनेतर्फ भने सरकार सचेत नरहेको बताए । सुन्निनु र मोटाउनु फरक कुरा हो भन्दै नेता त्रिपाठीले अहिलेको बजेट सुन्निएको देखिएको बताए । ‘यो जेट धेरै ठाउँमा सुन्निएको छ, सुन्निनु रोगको लक्षण हो’ उनले भने ।


    तेस्रो आँखा
    लेखकबाट थप