कति जिल्लाका समन्वय समिति कांग्रेसका पोल्टामा आउलान ?

कति जिल्लाका समन्वय समिति कांग्रेसका पोल्टामा आउलान ?


  • 16.6K
    SHARES
    • जेठ १८, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 25.5K Views

    कति जिल्लाका समन्वय समिति कांग्रेसका पोल्टामा आउलान ?

    काठमाठाैं,१८ जेठ । स्थानीय तहको निर्वाचन पछि जिल्ला समन्य समिति कसले बनाउने भन्ने जोड घटाउ सुरु भएको छ । कार्यकारी हैसियत नभएपनि जिल्ला भित्रका सबै निकायहरुसँग समन्वय र अनुगमनको जिम्मेवारी पाएको जिल्लाकै ठूलो अड्डा जिल्ला समन्वय समिति भएकाले राजनीतिक दलहरुले विशेष चासोका रुपमा हेर्ने गरेका छन् । राजनीतिक दलहरुले जिसस पार्टीका पुराना र अन्य जिम्मेवारी दिन नसकिएका नेताहरुलाई थन्काउने ठउँका रुपमा पनि हेर्ने गरेका छन् । 

    images

    जिल्ला समन्वय प्रमुख/उपप्रमुख र  सदस्य बन्नका लागि स्थानीय तहको निर्वाचन कार्यकारी भूमिका नपाए सिनियर नेताहरु वडा सदस्य निर्वाचित भएर आउने गरेका छन् । वडाबाट निर्वाचित नेताहरुमध्यबाट समन्वय समिति बनाउनु पर्ने स.बैधानीक व्यवस्था हनुसार दलहरुले उनीहरुलाई नै टिकट दिनुपर्ने हुन्छ । प्रत्येक जिल्लामा स्थानीय तहमा जुन दलकोे सिट बढी आउँछ सोही दलका नेताहरुको समिति बन्ने निश्चित हुन्छ । यसरी हेर्दा स्थानीय तह निर्वाचन २०७९ मा धेरैजसो स्थानीय तहमा नेपाली कांग्रेसको सिट संख्या बढी रहेको देखिन्छ । 

    स्थानीय तह निर्वाचन ०७४ मा ३० भन्दा बढी जिल्लामा एकल बहुमतका साथ जिल्ला समन्वय समिति गठन गरेको एमालेले यस पटक ११ जिल्लामा एकल बहुमत ल्याएको छ । नेपाली कांग्रेसको १६ र माओवादी केन्द्रको ४ जिल्लामा एकल बहुमत छ । बाँकी ४६ जिल्लामा पनि नेपाली कांग्रेस सहितको गठबन्धनको बहुमत छ । एकल बहुमत नपुग्नेले अर्को दलसँगको गठबन्धनमा जिसस बनाउँछ । केन्द्रदेखि स्थानीय तहसम्म गठबन्धन गरेको कांग्रेस,माओवादी,जसपा,नेकपा एस र जनमोर्चा सहितको मत विभाजन नभइ समन्वय समिति निर्माणमा समेत एकता हुँदा यसपटक नेकपा एमालले ११ जिल्लामा चित्त बुझाउनु पर्नेहुनसक्छ ।

    तर गबन्धनका स्थानीय नेताहरुको कुरा नमिल्दा केही ठाउँहरुमा सत्ता गठबन्धनइतर दलहरुबीच मिलेर जिसस बनाउँने सम्भावना पनि धेरै ठाउँमा छ ।  खैर देशका ७७ जिल्लाको अवस्था हेर्दा नेपाली कांग्रेसले सबैभन्दा बढी जिल्ला समन्वय समिति पाउँने अहिलेको परिवेश छ । कांग्रेसले ओखलढुंगा, सुनसरी, सोलुखुम्बु, धनुषा, सर्लाही, काठमाडौं, ललितपुर, बागलुङ, दाङ बर्दिया, बाँके, अछाम, कञ्चनपुर, डडेलधुरा, डोटी र मुगुमा एकल बहुमत ल्याएको छ ।

    त्यस्तै एमालेको झापा, मोरङ, धनकुटा, कास्की, मुस्ताङ, म्याग्दी, लमजुङ, पाल्पा, अर्घाखाँची, नवलपरासी पूर्व र बाजुरामा बहुमत छ । बाजुराको बुढीगंगा नगरपालिकामा पुनः मतदान हुने भएकाले जनप्रतिनिधिको टुंगो लागेको छैन । तर त्यहाँ अहिले नै एमालेको ९ मत र कांग्रेसको ६ मत छ । त्यसबाहेक स्वतन्त्रका १ जनालाई एमालेले चुनावमा सघाएको थियो ।

    स्याङ्जाको २२ मतमा कांग्रेस र एमालेको ११/११ मत छ । दस मत रहेको रसुवामा कांग्रेस र एमालेको पाँच/पाँच मत छ । इलामको २० मतमा कांग्रेसको सात, जसपा नेपालको १ र एकीकृत समाजवादीको २ गरी १० मत छ भने एमाले एक्लैको १० मत छ । चितवनको १४ मतमा कांग्रेसको ५, माओवादी केन्द्रको १ र एकीकृत समाजवादीको १ गरी ७ मत छ भने एमाले एक्लैको त्यति नै मत छ । जिल्ला समन्वय समितिको निर्वाचनमा बराबरी मत आए गोला तानेर निर्णय लिनुपर्ने हुन्छ ।

    भक्तपुरमा नेपाल मजदुर किसान पार्टी निर्णायक रहेको छ । आठ मत रहेको त्यहाँ कांग्रेस २, माओवादी केन्द्रको १ मत छ । एमालेको ३ र नेमकिपाको २ मत छ । कैलालीमा नयाँ पार्टीका रूपमा उदाएको पार्टी नागरिक उन्मुक्ति पार्टीको ७ र स्वतन्त्र १ मत निर्णायक देखिन्छ । २६ मत रहेको कैलालीमा कांग्रेसको ८, माओवादी केन्द्रको ४, एकीकृत समाजवादीको १ गरी गठबन्धनको १३ मत छ । एमालेको ५, नागरिक उन्मुक्ति पार्टीको ७ र स्वतन्त्रको १ गरी १३ मत नै छ । पर्वतमा एमालेको ७ मत छ भने कांग्रेसको ५ र माओवादीको २ गरी गठबन्धनमा पनि ७ मत पुग्छ ।

    खोटाङ, तेह्रथुम, काभ्रेपलाञ्चोक, सिन्धुपालञ्चोक, तनहुँ, जाजरकोट र जुम्लामा कांग्रेस एक्लैलाई जिल्ला समन्वय समितिको नेतृत्व लिन एक मत मात्रै पुग्दैन । आठ मत रहेको मनाङमा कांग्रेस र एमालेको ३/३ तथा माओवादी र स्वतन्त्रको १–१ मत छ । मधेस प्रदेशका धनुषा र सर्लाहीमा कांग्रेसको बहुमत छ । अन्य ६ जिल्लामा गठबन्धन दलको वर्चस्व छ । लुम्बिनीको रूपन्देहीमा न एमालेको बहुमत पुग्छ न गठबन्धन दलको । त्यहाँ लोकतान्त्रिक समाजवादी पार्टी, जनता प्रगतिशील पार्टी र राप्रपाको मत निर्णायक छ ।

    कालीकोटमा माओवादी ५० प्रतिशत र अन्य दलको ५० प्रतिशत छ । त्यहाँ माओवादीलाई समन्वय समितिको नेतृत्व लिन एक मत चाहिन्छ । कांग्रेससँग तीन मत छ । यसरी हेर्दा अहिले सम्म नेपाली कांग्रेसले १६,एमालेले ११ र माओवादी केन्द्रले ४ जिल्लामा एकल बहुमतका साथ जिल्ला समन्वय समिति बनाउने देखिन्छ भने बाँकी ४६ जिल्लामा दुइ वा दुइभन्दाबढी दलहरु मिलेर समन्वय समिति बनाउनु पर्ने देखिएको छ ।

    ४६ जिल्ला जिल्लामध्ये स्याङ्जा, रसुवा, इलाम, सुर्खेत, पर्वत र चितवनमा सत्ता गठबन्धनसँग एमालेको मत बराबर रहेको हुँदा ती जिल्लाहरुमा साना दलहरुले जसलाई सहयोग गर्छन उसैले जिसस बनाउछ । जिल्ला समन्वय समिति गठनमा नगरपालिका र गाउँपालिकाका प्रमुख/अध्यक्ष र उपप्रमुख/उपाध्यक्ष मात्रै मतदाता हुने व्यवस्था छ  । पाँचदलीय सत्ता गठबन्धनको बैठकले सोमबार एकल बहुमत पु¥याएको बाहेकका जिल्लामा मिलेरै जाने निर्णय गरिसकेका कारण एमालेलाई जिसस बनाउँन चुनौति थपिएको छ । सत्ता गठबन्धनभित्रका दलमा खटपट नआए एमाले निकै कम जिल्लामा मात्रै जिल्ला समन्वय समितिको जिम्मेवारी पाउँछ ।

     समन्वय समिति गठनका लागि रसुवा र स्याङ्जामा कांग्रेस र एमालेको मात्रै मत छ, जुन बराबरी छ । इलाम, चितवन र सुर्खेतमा गठबन्धन दल र एमालेको मत समान छ । दलियहिसावले बरमेबरी मत भएका र अन्य दलहरुको समेत शुन्य भएका जिल्लाहरुमा जिसस गठनमा समस्याहरु आउँन स्क्छन । त्यस्तो अवस्थामा चिठ्ठा मार्फत जिम्मेवारी दिन सकिने बैकल्पीक व्यवस्था रहेको निर्वाचन आयोग नेपालले जनाएको छ ।  

    समन्वय समिति गठन प्रकृया 

    जिल्लाको विकासमा समन्वय गर्ने निकाय समन्वय समितिमा प्रमुख र उपप्रमुखसहित बढीमा ९ सदस्य निर्वाचित हुन्छन् । संविधानको धारा २२० (३) मा जिल्ला सभाले बढीमा ९ जना सदस्य रहेको जिल्ला समन्वय समिति चयन गर्ने व्यवस्था गरेको छ । समितिको निर्वाचन स्थानीय तहको निर्वाचन सम्पन्न भएको ३० दिनभित्र गरिसक्नुपर्छ ।

    निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार कार्यपालिकाका चयन भइसकेका जिल्लामा जिल्ला समन्वय समितिको निर्वाचन प्रक्रिया सुरु गर्न सकिन्छ । ‘जिल्लामा सबै कार्यपालिकाको गठन भइसकेपछि जिल्ला समन्वय समितिको निर्वाचन गर्ने बाटो खुल्छ, जिल्लाले आ–आफ्नो ढंगले अघि बढाउन सक्छन्,’ उनले भने ।

    जिल्ला समन्वय समितिलाई जिल्लाभित्रका सरकारी तथा गैरसरकारी क्षेत्रबाट सञ्चालित विकास निर्माणमा समन्वय, रेखदेख र अनुगमन गर्ने अधिकारसमेत छ । त्यस्ता विकास कार्यक्रमका सम्बन्धमा पर्यावरणीय सन्तुलन कायम गर्ने भूमिका समेत उसलाई कानुनी रूपमै दिइएको छ । जिल्लाका विकासका प्राथमिकता, योजना छनोटदेखि कार्यान्वयनको दिशामा समेत समन्वय गर्ने भूमिका समन्वय समितिले गर्छ ।

    स्थानीय तह निर्वाचन ऐन २०७३ अनुसार गाउँपालिका र नगरपालिकामा निर्वाचित प्रमुख र उपप्रमुख मात्रै यसका मतदाता हुन्छन । समितिको उम्मेदवार बन्न भने वडाध्यक्ष र सदस्यहरूसम्मले पाउँने संबैधानिक व्यवस्था रहेको छ । जिसस पदाधिकारी तथा सदस्य बन्न दलले टिकट सिफारिस गरेपछि स्थानीय तहका प्रमुख/उपप्रमुखले मतदान गर्नु पर्छ । निर्वाचित समिति र मतदाता (स्थानीय तह प्रमुख/उपप्रमुख) जिल्ला सभाका सदस्य हुँनेछन् ।


    जीवन शर्मा
    लेखकबाट थप