सांसदहरुले बिवाहको कानुनी ब्यवस्थाका बारेमा चासो राखेका छन् । उनिहरुले १८ बर्षको उमेरमै बिवाह गर्न पाउने कानुनी ब्यवस्था गर्न माग गरेका छनन् । अहिले नेपालको कानुनमा २० बर्ष उमेर पुगेपछि मात्रै बिवाह गर्न पाउने ब्यवस्था छ । प्रतिनिधिसभाको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा सांसदहरुले १८ बर्षको उमेरमा बिवाह गर्न पाउने कानुनी व्यवस्था हुनु पर्ने बताएका हुन् ।
‘अब बिवाहको उमेर १८ बर्षम झार्नु पर्छ’ सांसदहरुको भनाई थियो । कानुन ले १८ बर्षको उमेरमा वालिग हुने व्यवस्था गरिसकेपछि बिवाहको उमेर २० बर्ष तोकिनु जायज नभएको बताए ।
