• ट्रेण्डिङ्ग :
पोखरामा गठबन्धनका मेयर जिताउन लागेका कार्यकर्तालाई एमालेले कारबाही गर्‍यो

पोखरामा गठबन्धनका मेयर जिताउन लागेका कार्यकर्तालाई एमालेले कारबाही गर्‍यो


  • 7.8K
    SHARES
    • जेठ १८, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 12.1K Views

    पोखरामा गठबन्धनका मेयर जिताउन लागेका कार्यकर्तालाई एमालेले कारबाही गर्‍यो

    काठमाडौं, १८ जेठ । नेकपा एमाले कास्कीले पोखरा महानगरपालिकाका मेयर उम्मेदवार कृष्ण थापालाई हराउन खुलेआम गठबन्धनका उम्मेदवारको पक्षमा अभियान चलाएको अडिओ रेकर्डका आधारमा तीनजना कार्यकर्तालाई कारबाही गरेको छ ।

    images

    कारबाहीमा पर्नेमा मनोज पहारी, महेश अर्याल र प्रशान्त आचार्य छन् । पहारीले प्रदेश सांसद राजीव पहारीको समेत नाम लिँदै विपक्षी दलका उम्मेदवार धनराज आचार्य जिताउन टेलिफोनमा पैसाको समेत लेनदेन गरेको अडिओ सार्वजनिक भएको थियो ।

    उनले आफूलाई राजीव पहारीको स्वकीय सचिवसमेत बताउने गरेकोमा पहारीले भने उनी स्वकीय सचिव नरहेको बताएका छन् । मनोज पहारीलाई संगठित सदस्यबाट लिनम्बन गरिएको छ । त्यस्तै पोखरा ३३ वडाका उपाध्यक्ष महेश अर्याललाई पदीय जिम्मेवारीसहित संगठित सदस्यबाट समेत निलम्बन गरिएिको जिल्ला अध्यक्ष मनबहादुर गुरुङले प्रेस विज्ञप्तिमार्फत जनाएका छन् ।

    एमालेले पोखरा ३३ कै अर्का कार्यकर्ता प्रशान्त आचार्यलाई पनि निलम्बन गरेको छ । पोखरा महानरमा एमालेका मेयर उम्मेदवार हराउन जिम्मेवार नेता कार्यकर्ता नै खुलेर लागेको र विपक्षी उम्मेदवार धनराज आचार्यसँग विभिन्न युवा समूह र अन्य क्लबका नाममा पैसा लिएको आरोप छ ।

    uml.png


    तेस्रो आँखा
    लेखकबाट थप