• ट्रेण्डिङ्ग :
स्वतन्त्र उम्मेदवारले माओवादीकै जस्ता कुरा गरेर चुनाव जिते - प्रचण्ड 

स्वतन्त्र उम्मेदवारले माओवादीकै जस्ता कुरा गरेर चुनाव जिते - प्रचण्ड 


  • 7.8K
    SHARES
    • जेठ १८, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 12.0K Views

    स्वतन्त्र उम्मेदवारले माओवादीकै जस्ता कुरा गरेर चुनाव जिते - प्रचण्ड 

    काठमाडाैं,१८ जेठ । नेकपा माओवादी केन्द्रका अध्यष पुष्पकमल दाहाल प्रचण्डले स्वतन्त्र उम्मेदवारले माओवादीकै जस्ता कुरा गरेर चुनाव जितेको बताएका छन् । स्थानीय तहका माओवादीका नवनिर्वाचित जनप्रतिनिधिहरुका लागि राखिएको प्रशिक्षण कार्यक्रममा उनले स्वतन्त्रहरु काठमाण्डौंका बालेन र धरानका हर्क राईले जनताका एजेण्डा उठाएर जितेको बताए ।

    images

     अरु स्वतन्त्र नामका मात्रै स्वतन्त्र भएका र उनीहरुलाई पार्टीले नै सहयोग गरेर निर्वाचित गराएको प्रचण्डले दावी गरे  । उनले भने,‘स्वतन्त्रले माओवादीको जस्तो कुरा गरेका छन’, त्यही भएर जनताले भोट दिएका हुन् ।’ खानेपानी, भौतिक पूर्वाधार,रुपान्तरण लगायतका कुराहरु हामी गरिदिन्छौ भनेर जनताको मत जितेको उनले बताए ।

    ती एजेण्डा माओवादीकै भएको दावी गरे । सबै कुराहरु माओवादीका एजेण्डा भएका तर माओवादीले ती कुराहरुमा आफ्ना एजेण्डा नबनाएर स्वतन्त्रले एजेण्डा बनाएपछि उनीहरुको जित सम्भव भएको दाहालले बताए । प्रचण्डले भने, ‘स्वतन्त्रलाई जिताएर जनताले हामी माओवादीहरुलाई सवक सिकाए जस्तो लाग्छ ।’

    यो घटनाले हामी जनताका सेवक बन्नु पर्छ भनेर सवकका रुपमा लिनु पर्ने उनको धारण छ । तर स्वतन्त्रहरु सधै रहनिरहने पनि उनले बताए । ‘तीनिहरु कुनैन कुनै दलसँग रहन्छन्, र दलहरुकै सहगोगमा मात्रै काम गर्न सक्छ, उनले भने ।  

  • सम्बन्धित विषय:

  • # प्रचण्ड

  • तेस्रो आँखा
    लेखकबाट थप