अब फेरि गल्ती हुँदैनन्ः अध्यक्ष दाहाल

अब फेरि गल्ती हुँदैनन्ः अध्यक्ष दाहाल


  • 8.0K
    SHARES
    • मंसिर १६, २०७८ बिहीबार
    • ४ बर्षs अघि
    • 12.3K Views

    अब फेरि गल्ती हुँदैनन्ः अध्यक्ष दाहाल

    काठमाडौं, १६ मंसिर । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले द्वन्द्वकालका घाइते, अपांग र शहीदहरूप्रतिका एजेण्डा बिर्सिएर गल्ती गरेको भन्दै अब गल्ती नदोहिरिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

    images

    पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहीबार विभिन्न पार्टीका कार्यकर्तालाई पार्टी प्रवेश गराउँदै अध्यक्ष दाहालले विगतमा गल्ती भए पनि अब नहुने बताउनुभयो । 

    उहाँले आगामी दिनमा गल्ती नगर्ने गरी समाजवादको यात्रा सुरु गर्न देशमा माओवादीको विकल्प नरहेको बताउनुभयो । उहाँले राष्ट्रका एजेण्डा भनेका माओवादीकै एजेण्डा हुन् भन्नुभयाे । 

    माओवादी कमजोर हुँदा संविधान च्यात्ने, गणतन्त्र नै उल्ट्याउने प्रयासमा लागिएको भन्दै उहाँले माओवादी बलियो भएमात्र देशमा भएका परिवर्तन बच्ने बताउनुभयो ।

    अध्यक्ष दाहालले नेपालमा परिवर्तनको रक्षाका लागि मात्रै नभई, राष्ट्र, राष्ट्रिय एकता, उत्पीडित वर्ग र समुदायका हक, अधिकारलाई पूर्णता दिनका लागि माओवादीलाई बलियो बनाउनुको विकल्प नरहेको दाबी गर्नुभयो ।

    अध्यक्ष दाहालले भन्नुभयो- ‘परिवर्तनको रक्षा गर्न र परिवर्तनलाई अझ पूर्णता दिनका लागि पनि, जनताका हक अधिकारलाई एउटा पूर्णतामा पुरयाउने, समाजवादको यात्रा सुरु गर्नका निम्ति पनि माओवादी केन्द्रलाई बलियो बनाउनुको विकल्प छैन ।’

    ओवादी केन्द्रलाई जनताले आफ्ना लागि काम गर्ने पार्टीका रुपमा हेरेको र पार्टीप्रति जनताको आत्मविश्वास बढ्दै गएको बताउनुभयो । 

     


    तेस्रो आँखा