• ट्रेण्डिङ्ग :
गठबन्धन टुट्ने डरले कात्तिक मसान्तभित्रै निर्वाचन चाहान्छन देउवा - सिपी गजुरेल

गठबन्धन टुट्ने डरले कात्तिक मसान्तभित्रै निर्वाचन चाहान्छन देउवा - सिपी गजुरेल


  • 6.2K
    SHARES
    • जेठ १८, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 9.5K Views

    गठबन्धन टुट्ने डरले कात्तिक मसान्तभित्रै निर्वाचन चाहान्छन देउवा - सिपी गजुरेल

    काठमाडाैं,१८ जेठ ।  देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष सिपी गजुरेलले गठबन्धन टुट्ने डरले प्रधानमन्त्री शेरबहादुर देउवा आगामी कात्तिक मसान्तभित्र संघ र प्रदेशको चुनाव गर्ने पक्षमा देखिएको बताए । पेट्रोलियम पदार्थलगायका दैनिक उपभोग्य बस्तुमा गरिएको मूल्यवृद्धिको विरोधमा आज काठमाडौंको माईतीघर मण्डलामा आयोजित विरोध प्रर्दशनमा उहाँले चुनाव जित्नका लागि जनतालाई खुसी बनाउने गरी सरकारले बजेट ल्याएको दावी गरे ।

    images

    अध्यक्ष गजुरेलले चुनावमा धाँधली गरेर जित्न सरकारले कर्मचारीहरुको तलव १५ प्रतिशत वृद्धि गरेको तर्क गरे । १५ प्रतिशत तलव वृद्धि कर्मचारीहरुलाई ‘घुस’ भएको उनको भनाइ छ । अध्यक्ष गजुरेलले भारतीय विद्युतीय गाडी कम्पनीहरुसँग कमिशन खाएर सरकारले पेट्रोलियम पदार्थको खपत कम गर्ने भन्दै विद्युतीय गाडीको संचालनमा जोड दिने गरी बजेट ल्याएको आरोप पनि लगाए । 


    तेस्रो आँखा
    लेखकबाट थप