• ट्रेण्डिङ्ग :
भारतमा २४ घण्टामा ३७१२ जनामा कोरोना संक्रमण पुष्टि

भारतमा २४ घण्टामा ३७१२ जनामा कोरोना संक्रमण पुष्टि


  • 7.7K
    SHARES
    • जेठ १९, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 11.9K Views

    भारतमा २४ घण्टामा ३७१२ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं,१९ जेठ । भारतमा पछिल्लो २४ घण्टामा ३ हजार ७०० भन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
    स्वास्थ्य मन्त्रालयले आज बिहान सार्वजनिक गरेको नयाँ तथ्यांकमा कोरोनाबाट २४ घण्टामा ३ हजार ७१२ जनामा संक्रमण पुष्टि भएको उल्लेख छ । यो अघिल्लो पटकको तथ्यांकभन्दा ९६७ जनाले धेरै हो ।

    images

    भारतको स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा कोरोनाबाट सक्रिय संक्रमितको संख्या बढेर १९ हजार ५०९ पुगेको छ । भारतमा हालसम्म कोरोनाका ४ करोड २६ लाख ३९४ जना बिरामी ठिक भइसकेका छन् । दैनिक संक्रमण दर पनि ०.८४ प्रतिशत पुगेको छ ।


    तेस्रो आँखा
    लेखकबाट थप