• ट्रेण्डिङ्ग :
तामाकोसी किनारमा पुरुषको शव फेला

तामाकोसी किनारमा पुरुषको शव फेला


  • 5.1K
    SHARES
    • जेठ १९, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 7.8K Views

    तामाकोसी किनारमा पुरुषको शव फेला

    काठमाडौं, १९ जेठ । दोलखाको तामाकोसी नदी किनारमा एक पुरुषको शव फेला परेको छ । तामाकोसी गाउँपालिका–५ किर्नेटार स्थित तामाकोसी नदिकिनारमा पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुशील केसीले जानकारी दिए । 

    images

    तामाकोसी किनारमा शव देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा पुगी प्रहरीले अनुसन्धान गरी शव चरिकोटस्थित पशुपति चौलागाईँ स्मृति अस्पतालमा ल्याएर राखेको प्रहरी निरीक्षक केसीले जानकारी दिए ।

    फेला परेको शवको प्रकृति हेर्दा केही दिनअघि नै मृत्यु भएको हुनसक्ने प्रहरीले जनाएको छ । शव पूरै सडेको अवस्थामा फेला परेको र व्यक्तिको पहिचान भई नसकेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयले कोही व्यक्ति हराएको भए प्रहरीमा सम्पर्क गर्न आग्रह गरेको छ ।


    तेस्रो आँखा
    लेखकबाट थप