काठमाडौं, १६ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एकता महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिने घोषणा गर्नुभएका राजेन्द्र लिङ्देनले आफ्नो प्यानल सार्वजनिक गर्नुभएकाे छ ।
बुधबारबाट सुरू भएको महाधिवेशनमा अध्यक्षका प्रत्यासी लिङ्देनको प्यानलमा वरिष्ठ उपाध्यक्षमा विक्रम पाण्डे, उपाध्यक्षमा दिलविकास राजभण्डारी, रामचन्द्र राय र लिला श्रेष्ठले उम्मेदवारी दिने भएका छन् ।
यसैगरी, महामन्त्रीमा डा. धवलशमशेर राणा, रामचन्द्र तिमल्सिना र रेखा थापाले उम्मेदवारी दिने टुंगो लागेको छ ।
महाधिवेशन प्रतिनिधिको विवाद नटुंगिएकाले भोलीमात्रै मनोनयन दर्ता हुने महाधिवेशन प्रचारप्रसार समितिका संयोजक मोहन श्रेष्ठले बताउनुभयो ।
