प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र राजा रहने गरी शासकीय स्वरूप परिवर्तन गर्न राप्रपाको माग

प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र राजा रहने गरी शासकीय स्वरूप परिवर्तन गर्न राप्रपाको माग


  • 15.6K
    SHARES
    • जेठ १९, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 24.0K Views

    प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र राजा रहने गरी शासकीय स्वरूप परिवर्तन गर्न राप्रपाको माग

    काठमाडौं, १९ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टीले शासकीय स्वरूप र निर्वाचन प्रणालीमा सुधारको माग गरेको छ ।  बिहीबार धुलिखेलमा सम्पन्न केन्द्रीय कार्यसम्पादन समितिको बैठकले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र राजा रहने गरी शासकीय स्वरूप परिवर्तनको माग गरेको हो ।

    images

    ‘भ्रष्टाचार र अस्थिरताको अन्त्यका लागि वर्तमान शासकीय स्वरूप र निर्वाचन प्रणालीमा सुधार गरी पूर्ण समानुपातिक संसद, जनताले प्रत्यक्ष निर्वाचित गर्ने कार्यकारी प्रधानमन्त्री र अभिभावकीय संस्थाका रूपमा राजा रहने व्यवस्था माग गरेका छौं’, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले भनेका छन् ।

    राप्रपाले संघ र प्रदेशको चुनावमा लोकप्रिय उम्मेदवार छनौट गर्न पार्टी भित्र र बाहिरबाट समेत उम्मेदवारीका लागि सार्वजनिक आह्वान गर्ने निर्णय समेत गरेको छ ।

  • सम्बन्धित विषय:

  • # राप्रपा

  • तेस्रो आँखा
    लेखकबाट थप