• ट्रेण्डिङ्ग :
राष्ट्रियसभाबाट सङ्घीयता कार्यान्वयनसम्बन्धी सङ्कल्प प्रस्ताव सर्वसम्मतिबाट स्वीकृत

राष्ट्रियसभाबाट सङ्घीयता कार्यान्वयनसम्बन्धी सङ्कल्प प्रस्ताव सर्वसम्मतिबाट स्वीकृत


  • 7.0K
    SHARES
    • जेठ १९, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 10.7K Views

    राष्ट्रियसभाबाट सङ्घीयता कार्यान्वयनसम्बन्धी सङ्कल्प प्रस्ताव सर्वसम्मतिबाट स्वीकृत

    काठमाडौं, १९ जेठ । सङ्घीयता कार्यान्वयनसम्बन्धी सङ्कल्प प्रस्ताव राष्ट्रियसभाबाट स्वीकृत भएको छ । सांसद खिमलाल देवकोटा प्रस्तावक र सांसद जीतेन्द्रनारायण देव, गोपीबहादुर अछामी, नन्दा चपाई, प्रमिला कुमारी र देवेन्द्र दाहाल समर्थक रहेको प्रस्ताव राष्ट्रियसभाबाट सर्वसम्मतिबाट स्वीकृत भएको हो ।

    images

    राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सभाबाट स्वीकृत सङ्घीयता कार्यान्वयनसम्बन्धी सङ्कल्प प्रस्ताव कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिए ।

    सङ्कल्प प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसदहरुले सरकारका तहहरुबीचको सम्बन्ध सहकारिता, सहअस्तित्व र समन्वयका सिद्धान्तका आधारमा हुन नसकेको भन्दै सङ्घीयताको प्रभावकारी कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराएका थिए । राष्ट्रियसभाको अर्को बैठक यही जेठ २० गते अपराह्न १ बजे बस्नेछ ।


    तेस्रो आँखा
    लेखकबाट थप