• ट्रेण्डिङ्ग :
बिन्ध्याबासिनी हाइड्रोपावरको आईपीओमा शुक्रबारदेखि आवेदन दिन सकिने

बिन्ध्याबासिनी हाइड्रोपावरको आईपीओमा शुक्रबारदेखि आवेदन दिन सकिने


  • 6.1K
    SHARES
    • जेठ २०, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 9.4K Views

    बिन्ध्याबासिनी हाइड्रोपावरको आईपीओमा शुक्रबारदेखि आवेदन दिन सकिने

    काठमाडौं,२० जेठ  बिन्ध्याबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले शुक्रबार आईपीओ निष्काशन तथा बिक्री खुला गर्दैछ। कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो।

    images

    कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका १५ लाख कित्ता साधारण सेयर निष्काशन गर्न लागेको जनाएको छ। निष्काशन गरिने कूल सेयरमध्ये ४ प्रतिशत अर्थात ६० हजार कित्ता सेयर कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ। ५ प्रतिशत अर्थात ७५ हजार कित्ता सेयर सामूहिक लगानी कोषमा बाँडफाँट गरिएको छ। सर्वसाधारणले बाँकी १३ लाख ६५ हजार कित्ताका लागि आवेदन दिन सक्ने कम्पनीले जनाएको छ। 

    निष्काशन बन्द छिटोमा जेठ २५ गते हुनेछ भने ढिलोमा असार ३ गते हुनेछ। कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले न्यूनतम १०  र  अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन्।


    तेस्रो आँखा
    लेखकबाट थप