• ट्रेण्डिङ्ग :
एमाले सरकार परिवर्तनको खेलमा छैनः महासचिव पोखरेल

एमाले सरकार परिवर्तनको खेलमा छैनः महासचिव पोखरेल


  • 5.1K
    SHARES
    • जेठ २०, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 7.9K Views

    एमाले सरकार परिवर्तनको खेलमा छैनः महासचिव पोखरेल

    काठमाडौं,२० जेठ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले आफ्नो पार्टी सरकार परिवर्तनको खेलमा नरहेको बताएका छन् । सत्ता गठबन्धन भत्काउन एमालेले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई ‘प्रधानमन्त्रीको कार्ड’ फ्याँकेको विवरण सार्वजनिक भइरहँदा पोखरेलले  एमाले सरकार परिवर्तनको खेलमा नभएको बताएका हुन् ।

    images

    उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘यतिबेला नेकपा एमाले सरकार परिवर्तनको खेलमा छैन ।  विकास र समृद्धिका लागि बलियो राष्ट्रिय शक्ति निर्माणको तयारीमा जुट्दैछ ।’ पोखरेलले त्रिभुवन विश्वविद्यालयमा नेविसंघले तालाबन्दी गरेको विषयमा पनि उल्लेख गरेका छन् ।

    ‘असान्दर्भिक माग राखेर सत्तापक्षका विद्यार्थी संगठनले विश्वविद्यालयमा तालाबन्दी गरेको लामो समय भयो । सरकार थाह नपाए झै चिरनिद्रामा छ । झकझक्याउ,’ उनले लेखेका छन् ।नेविसंघले ७ माघदेखि लगाएको ताला बुधबार नेकपा क्रान्तिकारीले फुटाएको थियो भने नेविसंघले बिहीबार फेरि तालाबन्दी गरेको छ ।

     


    तेस्रो आँखा
    लेखकबाट थप