• ट्रेण्डिङ्ग :
नवनिर्वाचित जनप्रतिनिधिलाई अभिमुखीकरण दिँदै सरकार

नवनिर्वाचित जनप्रतिनिधिलाई अभिमुखीकरण दिँदै सरकार


  • 8.8K
    SHARES
    • जेठ २०, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 13.5K Views

    नवनिर्वाचित जनप्रतिनिधिलाई अभिमुखीकरण दिँदै सरकार

    काठमाडौं,२० जेठ । सरकारले स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिलाई अभिमुखीकरण दिने भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३० वैशाखमा भएको निर्वाचनबाट चयन भएर आएका ७५३ वटै स्थानीय तहका प्रमुख र उपप्रमुखलाई दुई दिने अभिमुखीकरण दिन लागेको हो ।

    images

    मन्त्रालयका सहसचिव डा। गोपिकृष्ण खनालका अनुसार जनप्रतिनिधिलाई  ‘स्थानीय सरकार सञ्चालन तथा स्थानीय विकास’सम्बन्धी अभिमुखीकरण दिइने भएको हो । प्रदेश १ र सुदूरपश्चिम प्रदेशमा २५ /२६ जेठ अभिमुखीकरण दिइने भएको छ भने मधेस, गण्डकी र कर्णालीमा २७/ २८ जेठमा मिति तय भएको छ ।  त्यस्तै, बागमती र लुम्बिनीमा ३०/३१ जेठमा अभिमुखीकरणको कार्यतालिका तय भएको छ ।  कार्यक्रम स्थलको जानकारी सम्बन्धित प्रादेशिक सुशासन केन्द्रमार्फत हुने जनाइएको छ ।


    तेस्रो आँखा
    लेखकबाट थप