• ट्रेण्डिङ्ग :
युक्रेनको २० प्रतिशत रुसी कब्जामा : जेलेन्स्की

युक्रेनको २० प्रतिशत रुसी कब्जामा : जेलेन्स्की


  • 6.7K
    SHARES
    • जेठ २०, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 10.2K Views

    युक्रेनको २० प्रतिशत रुसी कब्जामा : जेलेन्स्की

    काठमाडौं,२० जेठ । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसले देशको २० प्रतिशत भूभाग आफ्नो कब्जामा लिएको बताएका छन् । युक्रेनमा रुसले गरेको आक्रमणको सय दिन पूरा हुन लागेको बेला लक्जेम्बर्गमा सांसदहरूलाई भिडियो लिङ्कमार्फत सम्बोधन गर्दै उनले दुई देशबीचको फ्रन्टलाइन एक हजार किलोमिटरसम्म फैलिएको बताए । साथै रुसको लडाई तयार सेना सीमा क्षेत्रमा तैनाथ रहेको पनि उनले जानकारी दिए ।

    images

    अर्कोतर्फ, रुसी सेनाले पूर्वी डोनबास क्षेत्रको सेभेरोडनेस्क सहरमा आक्रमणलाई तीव्रता दिइरहेको छ। बेलायती रक्षा अधिकारीहरूले रुसले सहरको अधिकांश भाग कब्जा गरेको बताएका छन्। सेभेरोडोनेत्स्क युक्रेनी नियन्त्रणमा रहेको सबैभन्दा पूर्वी सहर हो । यसका गभर्नर सेर्ही हाइडाइले भने, रसियाले सहरको सुरक्षालाई चारैतिरबाट तोड्न खोजिरहेको छ। यद्यपि उनले युक्रेनी सैनिकहरूले जवाफी कारबाही गरिरहेको र शत्रुलाई पछाडि धकेलिरहेको बताए।

    उनले सहरका सडकमा चर्को लडाइँका कारण मानिसहरूलाई सुरक्षित रूपमा बाहिर निकाल्ने काम ‘अत्यन्तै खतरनाक’ बन्दै गएको बताए ।  बिहीबार एक भिडियो ठेगानामा, जेलेन्स्कीले डोनबासको स्थिति धेरै परिवर्तन भएको नभएको  तर युक्रेनी सेनाले सेभेरोडनेस्कको युद्धमा ‘केही सफलता’ पाएको जिकिर गरे । लगभग १५ हजार नागरिकहरू सहरमा फसेको पनि उनको भनाइ थियो । एजेन्सी


    तेस्रो आँखा
    लेखकबाट थप