• ट्रेण्डिङ्ग :
‘नागरिकतालाई राष्ट्रियतासँग मात्र होइन, अधिकारसँग जोड्नुपर्छ’

‘नागरिकतालाई राष्ट्रियतासँग मात्र होइन, अधिकारसँग जोड्नुपर्छ’


  • 4.8K
    SHARES
    • जेठ २०, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 7.3K Views

    ‘नागरिकतालाई राष्ट्रियतासँग मात्र होइन, अधिकारसँग जोड्नुपर्छ’

    काठमाडौं,२० जेठ । नागरिकताका विषयका नीति निर्माणकर्ताको सोच साँघुरो रहेको सरोकारवालाले बताएका छन् । शुक्रबार महिला कानून तथा विकास मञ्चले आयोजना गरेको नागरिकता ऐन संशोधन विधेयकमाथिको छलफल कार्यक्रममा विभिन्न सांसद र सरोकारवालाले नागरिकतालाई राष्ट्रियतासँग नजोडी व्यक्तिको अधिकारसँग जोड्नुपर्ने धारणा राखे ।

    images

    नेपाली कांग्रेसका नेता तथा सांसद मीन विश्वकर्माले नागरिकताको विषयमा संविधान खुकलो, ऐन साँघुरो बनाउन खोजिएकाले लाखौं नागरिक नागरिकताबाट बञ्चित हुनुपरेको बताए । दलहरुका शीर्ष नेता सहमत भएर संविधान बमोजिम आएको विधेयकलाई पास गर्ने गरी तयारी भइरहेको बताउँदै नेता विश्वकर्माले अहिलेकै सरकारले विधेयक पारित गर्ने दबी गरे ।   

    सांसद विमला विश्वकर्माले संविधानको भावना बुझन नसक्दा नागरिकता विधेयक लामो समयसम्म पनि नागरिकता सम्बन्धी विधेयक पारित हुन नसकेको बताइन् । नागरिकता विषयलाई धेरै नगिजोल्न र राष्ट्रियासँग मात्र जोड्न उनले आग्रह गरिन् । सांसद समीना हुसेनले युवालाई नागरिकताबाट बञ्चित गराउँदा देशलाई ठूलो नोक्सानी भएको बताइन् ।

    संविधानको व्यवस्था नागरिकले नागरिकता पाउनुपर्ने व्यवस्था गरी अन्यायमा परेका नागरिकलाई न्याय दिलाउनुपर्ने उनको भनाइ छ । प्रतिनिधिसभाको राज्य व्यवस्था समितिले पारित गरी प्रतिनिधिसभामा पेश गरेको नागरिकता विधेयक अझै पारित हुन सकेको छैन ।


    तेस्रो आँखा
    लेखकबाट थप