माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक स्थगित

माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक स्थगित


  • 7.3K
    SHARES
    • जेठ २०, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 11.2K Views

    माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक स्थगित

    काठमाडौं,२० जेठ। नेकपा माओवादी केन्द्रको शुक्रबार बस्ने भनिएको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले बैठक अनिनिश्चित कालका लागि स्थगित भएको बताए । ‘आजको केन्द्रीय समितिको बैठक नहुने भयो,’ ढकालले  भने, ‘एकै चोटी असार १५ गते बस्न पनि सक्छ । बीचमा भर्चुअल हुन पनि सक्छ ।’

    images

    स्थानीय तह निर्वाचनको समीक्षाका लागि माओवादीले शुक्रबार साँझ केन्द्रीय समितिको भर्चुअल माध्यमबाट बैठक बस्ने तय गरेको थियो । ढकालका अनुसार सांसदहरु संसद बैठकमा रहेकाले बैठक बस्न नसकेको बताए। ‘सदनमा ह्वीप जारी भएको छ । मन्त्रीहरु, केन्द्रीय सदस्य सांसदहरु त्यही केन्द्रित हुनुपर्‍यो,’ उनले भने ।

    स्थानीय चुनावअघि बसेको माओवादी केन्द्रीय समितिको बैठकले पदाधिकारी चयन गर्न नसकेपछि माओवादीले जेठ २० मा बस्ने निर्णय गरेको थियो । तर, चुनावपछि बसेको पूर्व स्थायी समिति बैठकले शुक्रबार भर्चुअल बैठक बसेर चुनावी समीक्षा गर्ने र पदाधिकारी चयन गर्न असार १५ मा भौतिकरुपमै बैठक बोलाउने निर्णय गरेको थियो ।

  • सम्बन्धित विषय:

  • # माओवादी केन्द्र

  • तेस्रो आँखा
    लेखकबाट थप