रोल्पा जिल्ला कारागारमा मृत्यु भएको घटनाको आयोगद्वारा अनुसन्धान शुरू

रोल्पा जिल्ला कारागारमा मृत्यु भएको घटनाको आयोगद्वारा अनुसन्धान शुरू


  • 6.0K
    SHARES
    • जेठ २०, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 9.3K Views

    रोल्पा जिल्ला कारागारमा मृत्यु भएको घटनाको आयोगद्वारा अनुसन्धान शुरू

    काठमाडौं, २० जेठ । बाँके, २ नेपालगञ्जका सुन्दर हरिजन रोल्पा जिल्ला कारागारमा सट्टा कैदीबन्दीको रूपमा जेल सजाय भोगीरहेको अवस्थामा मिति २०७९ जेठ ४ गते मृत्यु भएकोे घटनाप्रति राष्ट्रिय मानव अधिकार आयोगले चासो देखाएको छ । 

    images

    आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले शुक्रबार निकोलेकाे विज्ञप्तिमा आयोगको नेपालगञ्ज कार्यालयको अनुगमन टोलीले मिति २०७९ जेठ १९ गतेदेखि घटना सम्बन्धमा स्थलगत अनुसन्धान शुरू गरेको बताइएको छ । त्यस्तै उक्त घटनालाई आयोगले गम्भीररूपमा लिई गत जेठ ५ गतेदेखि नै सम्बन्धित सरोकारवालासँग जानकारी लिनुका साथै नेपाल सरकार लगायत सम्बद्ध नियकाबाट भइरहेका कार्यहरूको नजिकबाट अनुगमन गरिरहेको आयोगको भनाइ छ । 

    आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले निकालेको विज्ञप्तिमा  गम्भीर प्रकृतिको घटनालाई संवेदनशीलरूपमा लिई घटनाको स्वतन्त्र र निष्पक्ष छानविन गरी दोषीलाई कानुनी दायरामा ल्याउन, आगामी दिनमा यस प्रकारका घटना नदोहोरिने वातावरणको सुनिश्चितता गर्न तथा व्यक्तिको जीवनको अधिकार संरक्षण गर्ने गराउने कार्यमा संवेदनशील हुन आयोग नेपाल सरकार र सम्बद्ध निकायको ध्यानाकर्षण गराएको छ । 

    284645702_5455205271197406_6621224808388433188_n.jpg

  • सम्बन्धित विषय:

  • # देवदह

  • तेस्रो आँखा
    लेखकबाट थप