• ट्रेण्डिङ्ग :
गाँजासहित एक भारतीय पक्राउ

गाँजासहित एक भारतीय पक्राउ


  • 4.9K
    SHARES
    • जेठ २०, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 7.5K Views

    गाँजासहित एक भारतीय पक्राउ

    काठमाडौं, २० जेठ । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १ बाट लागुऔषध गाँजासहित प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

    images

    प्रहरीले ५० किलो ४०० ग्राम गाँजासहित भारत बिहार सितामढी जिल्ला ग्राम पञ्चायत नोचा वडा नम्वर १० थाना बेला घर भई हाल  महोत्तरीको औरही नगरपालिका वडा नम्वर ७ सोनामाई बस्ने ३७ वर्षीय राजेश चौधरीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

    बिहीबार साँझ साढे ६ बजे प्रहरीले नेवारपानीबाट हेटौंडातर्फ आउँदै गरेको ना २ ह १५०८ नम्वरको अटोलाई हेटौंडा–१ राप्तिरोडस्थित पूर्वपश्चिम लोकमार्ग सडकखण्डस्थित रोकी जाँच गर्दा लुकाईछिपाई ल्याएको सो परिमाणको गाँजा बरामद भएपछि निजलाई पक्राउ गरेको प्रहरी नायव उपरीक्षक कार्कीले जानकारी दिए । पक्राउ परेका चौधरीमाथि आवश्यक अनुसन्धानका साथै कानूनी प्रक्रिया अगाडि बढाइएको मकवानपुर प्रहरीले जनाएको छ ।


    तेस्रो आँखा
    लेखकबाट थप