काठमाडौं, २१ जेठ । आईसीसी यू-१९ महिला टी २०-विश्वकप एसिया क्वालिफायर्स अन्तर्गत आज सम्पन्न खेलमा नेपला यूएईसँग पराजित भएको छ । मलेसियास्थित युकेएम वाइसडी स्टेडियममा भएको खेलमा नेपाल १० विकेटले पराजित भएको हो ।
टस जितेर ब्याटीङमा उत्रिएको नेपाली टोलीले ८.१ ओभरमा सबै विकेट गुमाउँदै ८ रन बनाएको थियो । नेपालका लागि स्नेहा महराले ३ रन बनाउँदा मनीषा राना २ रनमा अविजित रहिन्। त्यस्तै किरण कुमारी कुवँर, आश्मा पुलामी मगर र अनु कडायतले समान १ रन जोडे।
नेपाललाई ८ रनमै समेट्न यूएईकी महिका गौरले ५ विकेट लिँदा इन्दुजा नन्दाकुमारले ३ तथा समाइरा धर्नीधर्काले १ विकेट लिइन्। जवाफी ब्याटिङमा उत्रिएको यूएईले १.१ ओभरमा बिना कुनै विकेट गुमाइ लक्ष्य पुरा गर्यो। यूएईका लागि थिर्था सतिशले ४ रन बनाउँदा लावण्या केनीले ३ रन बनाइन्।
