• ट्रेण्डिङ्ग :
प्रचण्ड र  गृहमन्त्री खाणबीच भेटवार्ता

प्रचण्ड र  गृहमन्त्री खाणबीच भेटवार्ता


  • 6.4K
    SHARES
    • जेठ २१, २०७९ शनिबार
    • ४ बर्षs अघि
    • 9.8K Views

    प्रचण्ड र  गृहमन्त्री खाणबीच भेटवार्ता

    काठमाडौं, २१ जेठ । गृहमन्त्री बालकृष्ण खाणले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग आज भेटवार्ता गरेका छन् । ललितपुरको खुमलटारस्थित अध्यक्ष दाहालको निवासमा भएको भेटमा समसामयिक राजनीतिका विषयमा छलफल भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।

    images

    भेटमा सङ्घीय संसद्मा पेस भएको आगामी आर्थिक वर्षको बजेट, सरकारले संसद्मा पेस गर्न लागेका विभिन्न विधेयक, स्थानीय तह निर्वाचनको समीक्षा र सत्तारूढ दलको गठबन्धनलाई निरन्तरता दिनेबारे छलफल भएको जनाइएको छ । सरकारले प्रतिनिधिसभाको जारी अधिवेशनमा राजनीतिक दलहरूबीचको सहमतिमा नागरिकता विधेयक पेस गर्ने तयारी गरेकामा  त्यसबारे पनि छलफल भएको थियो ।


    तेस्रो आँखा
    लेखकबाट थप