• ट्रेण्डिङ्ग :
ओलीको आलोचना गरेको अभियोगमा घनश्यामलाई कारबाहीकाे सिफारिस

ओलीको आलोचना गरेको अभियोगमा घनश्यामलाई कारबाहीकाे सिफारिस


  • 8.9K
    SHARES
    • जेठ २१, २०७९ शनिबार
    • ४ बर्षs अघि
    • 13.7K Views

    ओलीको आलोचना गरेको अभियोगमा घनश्यामलाई कारबाहीकाे  सिफारिस

    काठमाडाैं,२१ जेठ । नेकपा एमालेको अनुशासन आयोगले स्थायी कमिटी सदस्य घनश्याम भूसाललाई कारबाहीको सिफारिस गरेको छ । अध्यक्ष केपी शर्मा ओलीको आलोचना गरेकाले भूसाललाई पार्टी विधान बमोजिम कारबाही गर्न सिफारिस गरेको आयोगका अध्यक्ष केशव बडालले बताए । ‘हाम्रो सचिवालयको बैठक बस्यो । बैठकले पार्टी हित विपरीत गएकाले एक जना स्थायी कमिटी नेतालाई कारबाहीको सिफारिस गरेको छ’, बडालले भने ।

    images

    स्थानीय चुनाव पछि भूसालले एक अन्तर्वार्ता मार्फत अध्यक्ष ओलीको आलोचना गरेका थिए । ‘पार्टीमा बसेर पार्टीको विरुद्धमा, अध्यक्षको विरुद्धमा, महाधिवेशनको विरुद्धमा र नीतिको विरुद्धमा गयो भने केशव बडालमाथि पनि त्यस्तै कारबाही हुन्छ’, बडालले भने । पार्टी विधान बमोजिम आवश्यक कारबाहीको निर्णय भने पार्टी कमिटीबाट हुने उनले बताए । पार्टीभीत्र माैलाएकाे एकाधिकारबादी प्रवृति र राजनितिक बैचारिक विचलन भएकाे र त्यसलाइ सभच्याएर जानुपर्ने सुझवलाइ राख्दा आलाेचना भनेर व्याख्या गर्नु नहुँने भुसाल निकट एक नेताले बताए ।  


    तेस्रो आँखा
    लेखकबाट थप