• ट्रेण्डिङ्ग :
माओवादी केन्द्रीय कार्यालयको विस्तारित बैठक खुमलटारमा जारी

माओवादी केन्द्रीय कार्यालयको विस्तारित बैठक खुमलटारमा जारी


  • 7.9K
    SHARES
    • जेठ २२, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 12.1K Views

    माओवादी केन्द्रीय कार्यालयको विस्तारित बैठक खुमलटारमा जारी

    काठमाडौं,२२ जेठ । नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालयको विस्तारित बैठक जारी छ । बैठक प्रचण्डको निवास खुमलटारमा केहीबेर अघिबाट सुरु भएको हो ।बैठकका एजेण्डाबारे थाहा नभएको एक नेताले बताए ।

    images

    केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले पनि बैठकका एजेण्डाबारे अनभिज्ञता प्रकट गरे । तर प्रचण्डका स्वकीय सचिव रमेश मल्लले भने स्थानीय निर्वाचन, बजेट लगायत समसामयिक विषयमा बैठकमा छलफल हुने बताए । बजेट कार्यान्वयन, सरकारका काम, आगामी निर्वाचनको पूर्वतयारी लगायतका विषयमा पनि छलफल हुन सक्ने छ । यसअघि बोलाइएको केन्द्रीय समितिको बैठक भने माओवादीले स्थगित गरेको छ ।


    तेस्रो आँखा
    लेखकबाट थप