• ट्रेण्डिङ्ग :
माओवादी केन्द्रले हरेक सदस्यबाट न्यूनतम १०० रुपैयाँ संकलन गर्ने

माओवादी केन्द्रले हरेक सदस्यबाट न्यूनतम १०० रुपैयाँ संकलन गर्ने


  • 7.3K
    SHARES
    • जेठ २२, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 11.2K Views

    माओवादी केन्द्रले हरेक सदस्यबाट न्यूनतम १०० रुपैयाँ संकलन गर्ने

    काठमाडाैं,२२ जेठ ।  नेकपा माओवादी केन्द्रले हरेक सदस्यबाट न्यूनतम १०० रुपैयाँको दरले रकम संकलन गर्ने भएको छ । पार्टीको केन्द्रीय कार्यालय विस्तार तथा व्यवस्थित गर्न भन्दै माओवादी केन्द्रले सदस्यहरुबाट आर्थिक संकलन गर्ने भएको हो ।

    images

    आइतबार बिहान पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास खुमलटारमा बसेको केन्द्रीय कार्यालयको विस्तारित बैठकले एक महिना भित्र न्यूनतम एक सय रुपैयाँको दरले रकम संकलन गर्ने निर्णय गरेको हो ।

    पूर्व स्थायी समिति सदस्य हरिबोल गजुरेलले पार्टी कार्यालय विस्तार र व्यवस्थित गर्न ८ लाख सदस्यबाट एक महिना भित्र न्युनतम एक सय रुपैयाँको दरले संकलन गर्ने निर्णय भएको जानकारी दिए ।


    तेस्रो आँखा
    लेखकबाट थप