• ट्रेण्डिङ्ग :
साना दलहरुबीच चुनावी तालमेलको भित्री तयारी सुरु

साना दलहरुबीच चुनावी तालमेलको भित्री तयारी सुरु


  • 5.8K
    SHARES
    • जेठ २२, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 9.0K Views

    साना दलहरुबीच चुनावी तालमेलको भित्री तयारी सुरु

    काठमाडाैं,२२ जेठ। संघीय र प्रदेश निर्वाचन मंसिरभित्र गर्ने सरकारको तयारीपछि राजनीतिक दलहरुले चुनावी तालमेलको भित्री तयारी थालेका छन् । ठूला–साना दलहरु संघीय निर्वाचनमा तालमेल गरेरै अघि बढ्ने तयारीमा छन् । यसै क्रममा मधेश प्रदेशमा आफ्नो प्रभाव पार्न सफल जनमत पार्टी मधेसवादी दलहरुसँगै चुनावी तालमेल गर्ने पक्षमा देखिएको छ । 

    images

    पार्टीका नेता बिपी साहले स्थानीय निर्वाचनमा एक्लै चुनावमा जाँदा अपेक्षित परिणाम आउन नसकेको भन्दै संघीय निर्वाचनमा कुनै पनि पार्टीसँग तालमेलका लागि आफूहरू खुल्ला रहेको बताए । ‘यो वा त्यो पार्टीसँग तालमेल वा गठबन्धन गर्ने भन्ने विषयमा हामी संकीर्ण छैनौं । निर्वाचनका लागि जुनसुकै पार्टीसँग पनि तालमेल हुन सक्छ,’ नेता साहले भने ।

    मधेस केन्द्रित दल भनिएका जसपा र लोसपासँग गठबन्धन वा तालमेल हुन सक्छ कि सक्दैन भन्ने प्रश्नमा साहले भने,(‘लोसपा वा जसपाको जन आधार पनि मधेसमै देखियो । हाम्रो जन आधार पनि यही क्षेत्रमा छ । उहाँहरूसँग तालमेल भए झन् राम्रो ।’  पार्टीका नेताहरुले पनि मधेसवादी दलहरुसँगै सहकार्य गर्नुपर्नेमा जोड दिने गरेको उनले सुनाए । 


    तेस्रो आँखा
    लेखकबाट थप