• ट्रेण्डिङ्ग :
समाजवादीका यी नेताहरू मन्त्री बन्ने तयारीमा

समाजवादीका यी नेताहरू मन्त्री बन्ने तयारीमा


  • 7.4K
    SHARES
    • जेठ २२, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 11.3K Views

    समाजवादीका यी नेताहरू मन्त्री बन्ने तयारीमा

    काठमाडाैं,२२ जेठ । नेकपा एकीकृत समाजवादीले पुराना मन्त्रीलाई फिर्ता बोलाएर नयाँलाई पठाउने भएको छ । आइतबार बसेको सचिवालय बैठकले पुराना मन्त्रीलाई फिर्ता बोलाएर नयाँलाई जिम्मेवारी दिन लागेको हो ।

    images

    सम्मानित नेता झलनाथ खनालले २४ घण्टाभित्रै मन्त्रीहरुलाई फिर्ता बोलाएर नयाँ मन्त्रीको रुपमा पठाइने जानकारी दिए । ‘२४ घण्टाभित्रै मन्त्रीहरुलाई फिर्ता बोलाउने निर्णय भएको छ । पुरानाको ठाउँमा अब भोलि नै नयाँ मन्त्री पार्टीले पठाउँछ’ नेता खनालको भनाइ छ ।

    समाजवादीले पुराना मन्त्री फिर्ता बोलाउने निर्णयसँगै नयाँ मन्त्री को को बन्लान् भन्ने चासो बढेको छ । पार्टी नेताहरुका अनुसार नयाँ मन्त्री छान्ने जिम्मेवारी पार्टी शिर्ष नेताहरुलाई दिएको छ । स्रोतका अनुसार सो पार्टीबाट नयाँ मन्त्रीका रुपमा जीवनराम श्रेष्ठ, मेटमणि चौधरी, शेबहादुर कुँवर र हिराचन्द्र केसीको पठाउने तयारी छ । राज्य मन्त्री भवनी खाँपुङलाई बढुवा गरेर स्वास्थ्य मन्त्रीको जिम्मेवारी दिने स्रोतले जनाएको छ ।

    खपुङलाई विरोध खतिवडाको ठाउँमा मन्त्रीको रुपमा पठाइने भएको छ । यस्तै सहरी मन्त्री रामकुमारी झाक्रीको ठाउँमा मेटमणि चौधरी, पर्यटनमन्त्री प्रेम आलेको ठाउँमा जीवनराम श्रेष्ठ र श्रम मन्त्री किसान श्रेष्ठको ठाउँमा शेरबहादुर कुँवरलाई पठाइने भएको छ । हिराचन्द्र केसीलाई स्वास्थ्य राज्यमन्त्री बनाउने तयारी छ ।


    तेस्रो आँखा
    लेखकबाट थप