• ट्रेण्डिङ्ग :
एमाले नेता भूसाललाई कारवाही प्रक्रिया अघि बढाइयाे

एमाले नेता भूसाललाई कारवाही प्रक्रिया अघि बढाइयाे


  • 7.8K
    SHARES
    • जेठ २२, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 11.9K Views

    एमाले नेता भूसाललाई कारवाही प्रक्रिया अघि बढाइयाे

    काठमाडाैं,२२ जेठ । नेकपा एमालेले नेता घनश्याम भूसाललाई कारवाही प्रक्रिया अगाडि बढाएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीविरुद्ध अभिव्यक्ति दिएको भन्दै नेकपा एमालेले स्थायी कमिटी सदस्य  भूसाललाई कारवाही प्रक्रिया अगाडि बढाएको हाे । अनुशासन आयोगले सचिवालय बैठक राखेर भूसाललाई आवश्यक कारवाहीका निम्ति पार्टीमा सिफारिस गरेको छ ।

    images

    पार्टी नेतृत्वविरुद्ध अभिव्यक्ति दिएकाले विधान बमोजिम कारवाही गर्न केन्द्रीय कमिटीलाई सिफारिस गरेको आयोगका अध्यक्ष केशव बडाल बताएका छन् । स्थानीय चुनावको नतिजाबारे भूसालले हिमालय टेलिभिजनमा अन्तर्वार्ता दिएका थिए । अन्तर्वार्तामा भूसालले स्थानीय चुनावमा जनताले एमालेको इतिहास र कार्यकर्ताको योगदानको कदर गरेपनि अध्यक्ष ओलीको कार्यशैलीकै कारण पराजित हुनुपरेको बताएका थिए ।

    गत मंसिरमा चितवनमा सम्पन्न १० औं महाधिवेशनको प्रक्रियादेखि जिल्ला अधिवेशनहरुमा देखिएको शैली समग्रतामा असफल भएको प्रमाण चुनावबाट पुष्टि भएको र अहिलेकै शैली नछोडे एमाले थप संकटतिर धकेलिने पनि भूसालको निष्कर्ष थियो । यही अन्तर्वार्तालाई लिएर भूसाललाई कारवाही प्रक्रिया अगाडि बढाइएको छ । ‘पार्टीको विरुद्धमा बोल्न मन लाग्यो भने पार्टी सदस्यताबाट राजीनामा दिनु पर्ने ओली निकटका एक नेताले बताए । पार्टी सदस्य भएपछि बाटोमा बसेर मनपरी बोल्न भएकाले भूसाललाई कारवाही प्रक्रिया बढाइएकाे उनकाे भनाइ छ । 


    तेस्रो आँखा
    लेखकबाट थप