• ट्रेण्डिङ्ग :
इम्बोस्ड नम्बर राख्ने निर्णयलाई पुनर्विचार गर्न गगन थापाकाे माग

इम्बोस्ड नम्बर राख्ने निर्णयलाई पुनर्विचार गर्न गगन थापाकाे माग


  • 6.7K
    SHARES
    • जेठ २३, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 10.4K Views

    इम्बोस्ड नम्बर राख्ने निर्णयलाई पुनर्विचार गर्न गगन थापाकाे माग

    काठमाडाैं, २३ जेठ । नेपाली कांग्रेसका सांसद तथा महामन्त्री गगन कुमार थापाले सवारी साधनमा लागु गर्न लागेको इम्बोस्ड नम्बर राख्ने निर्णयलाई पुनर्विचार गर्न आग्रह गरेका छन् । 

    images

    सोमबार प्रतिनिधि सभामा थापाले १५ महिनामा २५ लाख सवारी साधनमा इम्बोस्ड नम्बर जोड्न असम्भव भएको बताए । इम्बोष्ट नम्बर लिएका नागरिकले पनि महंगो भएको भनि गुनासो गरेको उनले जानकारी गराए । 

    यति दिन भित्र गर्ने भए गर नत्र कारबाही गर्छु भन्ने धम्की दिने काम बन्द गर्न उनले सरकारसँग आग्रह गरे । ठेक्का पाएको कम्पनी माथि नै नागरिकले प्रश्न उठाएको भन्दै तयार गर्नुपर्ने पूर्वाधारहरु तयार नगरि नागरिकलाई शास्ती दिने काम नगर्न उनले आग्रह गरे । 

    सांसद थापाले इम्बोस्ड नम्बरको काम गर्ने कम्पनी असफल भइसकेको र निकै महँगोसमेत रहेको भन्दै यसबारेमा गम्भीर हुन सरकारलाई आग्रह गरे । उनले सस्तो, सुविधाजनक ढंगले काम हुनुपर्ने भन्दै नागरिक तर्साउने काम बन्द गर्न चेतावनी समेत दिए ।


    तेस्रो आँखा
    लेखकबाट थप