काठमाडौं, २३ जेठ । नेकपा एमाले चम्पादेवी गाउँपालिकाका अध्यक्ष तथा जिल्ला कमिटी ओखलढुंगाका सचिवालय सदस्य खेम प्रसाद मिश्र र नेकपा एमाले ओखलढुंगा काठमाडौं सम्पर्क मन्चका सदस्य कबिता मिश्र (अधिकारी) नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
उनीहरुलाई सोमबार प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले कांग्रेसमा प्रवेश गराएका हुन् । उनीहरुलाई देउवाले कांग्रेसको पार्टी सदस्यता प्रदान गरेको नेपाली कांग्रेसका तर्फबाट चम्पादेवी गाउँपालिकाको अध्यक्षमा निर्वाचित नवराज केसीले जानकारी दिए ।


