सिद्धिचरण नगरकार्यपालिकाको पहिलो बैठक, आइतबार विद्यालय खोल्ने निर्णय 

सिद्धिचरण नगरकार्यपालिकाको पहिलो बैठक, आइतबार विद्यालय खोल्ने निर्णय 


  • 9.8K
    SHARES
    • जेठ २३, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 15.1K Views

    सिद्धिचरण नगरकार्यपालिकाको पहिलो बैठक, आइतबार विद्यालय खोल्ने निर्णय 

    ओखलढुंगा,२३ जेठ । सिद्धिचरण नगरपालिका ओखलढुंगाले आइतबार विद्यालय खोल्ने निर्णय गरेको छ । नगर कार्यपालिकाको सोमबार बसेको पहिलो बैठकले नगरभित्रका सामुदायिक विद्यालयहरुमा आइतबारको बिदा नगर्ने निर्णय गरेको हो ।  

    images

    सरकारले पेट्रोलियम पदार्थको खपत घटाउने भन्दै शनिबार र आइतबार सातामा दुई दिन बिदा दिएकोमा नगरपालिकाले भने आइतबार विद्यालय खुल्ला राख्ने निर्णय गरेको मेयर तेजेन्द्र खनालले जानकारी दिए । ।

    सातामा दुई दिन विद्यालय बन्द हुँदा पठनपाठन प्रभावित भएपछि आइतबारको बिदा कटौति गरिएको उनको भनाई छ । सरकारी कार्यालय खोल्ने नखोल्नेबारे भने पछि निर्णय हुने मेयर खनालले बताएका छन् ।

    त्यस्तै नगरकार्यपालिकाको पहिलो बैठकले  निवर्तमान नगर कार्यपलिकाका पदाधिकार्रीलाई धन्यवाद प्रस्ताव पारित गरेको छ । कार्यपालिकाको आजकै बैठकले वर्षाको पूर्वसन्ध्यामा मनुसनी प्रकोपका घटना बढी हुने भएकाले त्यसको रोकथाम र प्रतिकार्यका बिषयमा आवस्यक पुर्वतयारी गर्ने समेत निर्णय गरेको मेयर खनालले बताए ।

    सामाजिक सुरक्षा भत्तालाई गाउँगाउँमा दिने व्यवस्था मिलाउँने विषयमा पनि निर्णय गरिएको छ । यसका लागि जिल्लास्थित बैंकहरुसँग आवस्यक प्रक्रियाबारे छलफल गरेर आगामी बैठकबाट थप निर्णय गरिने सिनपा १० का वडा अध्यक्ष तथा नगरपालिकाका प्रवक्ता रमेश धमलाले जानकारी दिए। धमलालाई आजै नगरपालिकाको प्रवक्ताको जिम्मेवारी दिइएको छ ।