• ट्रेण्डिङ्ग :
मन्त्री हेरफेर गर्ने पार्टीको निर्णय उल्ट्याउने अधिकार धर्तीका कुनै शक्तिसँग छैन: झलनाथ खनाल

मन्त्री हेरफेर गर्ने पार्टीको निर्णय उल्ट्याउने अधिकार धर्तीका कुनै शक्तिसँग छैन: झलनाथ खनाल


  • 7.5K
    SHARES
    • जेठ २३, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 11.6K Views

    मन्त्री हेरफेर गर्ने पार्टीको निर्णय उल्ट्याउने अधिकार धर्तीका कुनै शक्तिसँग छैन: झलनाथ खनाल

    काठमाडौं, २३ जेठ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले मन्त्री हेरफेर गर्ने पार्टीको निर्णय उल्ट्याउने अधिकार यो धर्तीका कुनै पनि शक्तिसँग नरहेको टिप्पणी गरेका छन् ।

    images

    प्रतिनिधिसभा बैठकबाट बाहिरिने क्रममा पत्रकारहरूसँग कुरा गर्दै पूर्व प्रधानमन्त्री खनालले कसलाई मन्त्री बनाउने र हटाउने भन्ने निर्णय नेकपा एसको सार्वभौम अधिकार रहेको भन्दै अरूले चासो दिन नपाउने बताए ।

    खनालले भने–कसलाई मन्त्री बनाउने, कसलाई नबनाउने भन्ने निर्णय नेकपा एकीकृत समाजवादीले गर्छ । धर्तीका अरू कुनै तागतले सक्दैनन् । हाम्रो पार्टीमा लाखौ‌ सदस्यहरू छन्, उनीहरूको निर्णय पार्टीका कमिटीहरूले गर्छन्, अरूले होइन । खनालले सरकार बनाउने बेला नै ६ महिनामा मन्त्री फिर्ता हुने सहमति भएको भन्दै दायाँबायाँ नहुने बताए ।


    तेस्रो आँखा
    लेखकबाट थप