माओवादी केन्द्रले विधान परिमार्जन गर्ने

माओवादी केन्द्रले विधान परिमार्जन गर्ने


  • 5.7K
    SHARES
    • मंसिर १७, २०७८ शुक्रबार
    • ४ बर्षs अघि
    • 8.8K Views

    माओवादी केन्द्रले विधान परिमार्जन गर्ने

    काठमाडौं, १७ मंसिर । नेकपा माओवादी केन्द्रले विधान परिमार्जन गर्ने भएको छ । पार्टी कार्यालय पेरिसडाँडामा शुक्रबार बिहान बसेको पार्टीको स्थायी कमिटी बैठकले विधान परिमार्जनका लागि ५ सदस्यीय उपसमिति बनाउने निर्णय गरेको छ ।

    images

    विधान परिमार्जन उपसमितिमा देव गुरुङ, पम्फा भुसाल, लिलामणि पोखरेल, जनार्दन शर्मा र मात्रिकाप्रसाद यादव रहेको र त्यस उपसमितिले आउँदो मंसिर २५ गतेसम्म विधान परिमार्जन गरिसक्ने पार्टी प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिनुभयो ।

    स्थायी कमिटिले राष्ट्रिय सम्मेलनमा आउने प्रत्येक सदस्यहरुको प्रवेश शुल्क दुई हजार रुपियाँ तोक्ने निर्णय गरेको छ । बैठकले राष्ट्रिय सम्मेलनका लागि व्यवस्थापन उपसमितिहरु बनाएको छ । हितमान शाक्यको नेतृत्वमा व्यवस्थापन उपसमिति र कृष्णबहादुर महराको नेतृत्वमा प्रचार-प्रसार उपसमिति बनाउने निर्णय भएको छ ।

    त्यस्तै, बैठकले राष्ट्रिय सम्मेलनका लागि स्वयंसेवक उपसमिति र स्वास्थ्य उपसमिति बनाउने पनि निर्णय गरेको प्रवक्ता महराले बताउनुभयो । 

    राष्ट्रिय सम्मेलनको विषयमा प्रतिनिधि छान्नका लागि हरेक प्रदेशले ३० जना ल्याउने र बाँकी पार्टी सदस्य नवीकरणको संख्याका आधारमा कुन प्रदेशले कति गरे, त्यसका आधारमा ठोस निर्णय गरिने भएकाे छ ।

    प्रचार-प्रसार उपसमितिमा कृष्णबहादुर महराको नेतृत्वमा अर्को उपसमिति बनाइएको छ ।


    तेस्रो आँखा