सत्तारुढ गठबन्धनले अदालतको हुर्मत लिने काम गर्योः ओली 

सत्तारुढ गठबन्धनले अदालतको हुर्मत लिने काम गर्योः ओली 


  • 5.7K
    SHARES
    • मंसिर १७, २०७८ शुक्रबार
    • ४ बर्षs अघि
    • 8.7K Views

    सत्तारुढ गठबन्धनले अदालतको हुर्मत लिने काम गर्योः ओली 

    काठमाडौं, १७ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा देखिएको राजनीतिक गतिरोध अन्त्य गर्न ताजा जनादेशमा जानुपर्ने बताउनुभएको छ ।

    images

    हालै चितवनमा सम्पन्न १० औँ महाधिवेशनबाट अध्यक्षमा पुनः निर्वाचित हुनुभएका अध्यक्ष ओलीले शुक्रबार पार्टी कार्यालयमा पुगेर पदबहाली गर्दै देशमा देखिएको राजनीतिक गतिरोध अन्त्य गर्न अब ताजा जनादेशमा जानुको विकल्प नरहेको बताउनुभएको हो ।  

    अदालतमा देखिएको अवस्था पाँचदलीय गठबन्धनको विसंगतिको प्रतिविम्ब रहेको भन्दै गलत फैसला गराएर अदालतको हुर्मत लिने काम गठबन्धनले गरेको आरोप लगाउनुभयो ।

    सरकारले देशको समय बर्बाद गरिरहेको छ भन्दै अध्यक्ष ओलीले २८ मंसिरमा बोलाएको संसद् बैठक चल्न नसक्ने चेतावनी दिनुभयो ।  

    ‘सभामुखले एमालेले निष्कासन गरेका नेतालाई संरक्षण गर्ने, एमाले फुटाउन लाग्ने, यस्ता कार्यले सभामुख निष्पक्ष हुन सकेनन्’, उहाँले भन्नुभयो ।

    न्यायालय र संसदमा देखिएका समस्या समाधान गर्न सरकार लाग्नुपर्ने हो तर विपरीत दिशामा अघि बढेको छ, यस्ता गतिविधिले देश चल्न नसक्ने भन्दै अध्यक्ष ओलीले अब ताजा जनादेशमा गएर देशलाई निकास दिनुपर्ने बताउनुभयो ।

    वर्तमान सरकारको छिटोभन्दा छिटो अन्त्य गर्नुपर्ने भन्दै जनताले मूल्यांकन गरेर फैसला गर्ने दाबी गर्नुभयो  ।


    तेस्रो आँखा