• ट्रेण्डिङ्ग :
लोसपा नेताहरूलाई उपेन्द्रको प्रस्ताव : आउनुस्, मिलेर काम गरौं

लोसपा नेताहरूलाई उपेन्द्रको प्रस्ताव : आउनुस्, मिलेर काम गरौं


  • 7.5K
    SHARES
    • जेठ २४, २०७९ मंगलबार
    • ४ बर्षs अघि
    • 11.6K Views

    लोसपा नेताहरूलाई उपेन्द्रको प्रस्ताव : आउनुस्,  मिलेर काम गरौं

    काठमाडौं,२४ जेठ । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेताहरूलाई एकतामा आउन आह्वान गरेका छन् । विगतको समिक्षा गरी पुनः मिलेर काम गर्न सकिने उनले बताए ।

    images

    पार्टीको बैठकमा सहभागी हुन जनकपुरधाम आएका यादव  संक्षिप्त कुराकानी गर्दै विगतको कदमलाई सच्याएर समिक्षा गर्दै पुनः मिल्न सकिने बताए । ‘महन्थ ठाकुरजी जसपाबाट किन अलग हुनुभयो ? कुन लक्ष्य प्राप्तिका लागि पार्टी फोड्नुभयो ? कसको हितका लागि पार्टी फोड्नुभयो ?’ उनले भने, ‘उहाँहरूलाई केही भेटिएन । मात्रै मधेशलाई नोक्सान भयो, जनतालाई नोक्सान भयो । त्यसलाई समीक्षा गर्दै सच्याउँदै आउनुस्, सँगै मिलेर काम गरौं ।’

    प्रधानमन्त्रीले दुई वटा मन्त्रालय दिएर जसपालाई सरकारमा ल्याउन खोजेको चर्चा छ नि भन्ने प्रश्नमा उनले यसमा सत्यता नभएको बताएका छन् । कम्तिमा आगामी चुनावसम्म पाँचदलीय गठबन्धन कायम रहने समेत उनले बताए ।


    तेस्रो आँखा
    लेखकबाट थप