२२ बर्ष देखि सरकारको नजर नपुगेकाे खल्लामा रहेको दलित समुदायकाे कथा...

२२ बर्ष देखि सरकारको नजर नपुगेकाे खल्लामा रहेको दलित समुदायकाे कथा...


  • 7.9K
    SHARES
    • जेठ २४, २०७९ मंगलबार
    • ४ बर्षs अघि
    • 12.1K Views

    २२ बर्ष देखि सरकारको नजर नपुगेकाे खल्लामा रहेको दलित समुदायकाे कथा...

    कैलाली, २४ जेठ । कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ३ दक्षिण कटानको खल्लामा रहेका दलित समुदायको बस्तीका नागरिकहरु बिगत २२ बर्ष देखि आधारमुत सेवासुविधा बिनाको सकसपुर्ण जिबन निर्वाह गरिरहेका छन् । सरकारको आँखा नपरेको उक्त खल्ला बस्तीले अहिले सम्म राज्यको तर्फबाट पाउनुपर्ने कुनैआधारभुत  सेवासुबिधा प्राप्त गरेका छैनन् । 

    images

    जनताका समस्या, गुनासा, ताथा आवश्यकता मसिनो ढंगबाट बुझी त्यसको निराकरण गर्न नागरिकको दैलो अगाडि उभिएको स्थानीय सरकारको समेत बर्षौ देखि सो समुदायमा आँखा परेको छैन । जनताका समस्याको पहिचान गरि समाधान गर्ने उद्देश्यका साथ निर्माण गरिएकोे स्थानीय सरकार उनीहरुका निम्ती अभिभावक बिहिन बनेको छ । 

    286019953_558348992354930_3223601238372737632_n.jpg

    उक्त खल्ला बस्तीमा बिगत लामो समय देखि बसोबास गर्दै आएकी कलु बि.क पानी, बिजुली, बाटो, रोजगार तथा उब्जाउ गर्न जमिन समेत नभएको दुखेसो पोख्छिन्। यस खल्ला समुदायलाई हेलाको रुपमा ढेड गल्लली भनी नामाकरण गरिएको र सरकारबाट आएको सेवा सुविधा तथा अवसर पालिका ,वडा तथा गाउँ भन्दा माथि नै सिमित भएको बिकको भनाइ छ । नेताहरु भोट माग्दा दैलोमा आएको तर जितेर गएपछि फेरि फर्कीएर गाउँको समस्या बुझ्न नआएको उनको गुनासो छ ।

    त्यस्तै सोही बस्तीका अर्का स्थानीय पदम बहादुर बिकले आधारभुत आवश्यकता बत्ती, बाटो, पानिको निकै खडेरी परेको र पटकपटक बिजुलीको मागका लागि माग गर्दा पनि बेवास्ता भएका बताए । भारतमा गएर दुख गर्दा मात्रै परिवारको पेट पाल्न सकिने नत्र चुलो नबल्ने अवस्था रहेको उनल बताए । आफूहरुको भोक भोकै बस्नु पर्ने पिडालाई छल्न १४ बर्षको उमेरमा भारत जाँदा पढाइ समेत गर्न नपाएको पिडा उनी सुनाउँछन् ।

    285658051_786871699364063_8283453061778064624_n.jpg

    उक्त बस्तीमा बिजुली बत्ती नहुँदा त्यहाँका बालबालीकाको पढाई लेखाईमा ठूलो नकारात्मक प्रभाव पारेको देखिन्छ भने राती घरमा चोर, किरा, साप लगायतको डर पनि उत्तिकै रहेको छ । अर्काको घरमा गएर मोबाईल चार्ज लगाउँदा अपहेलना सहनुका साथै आफुले प्रयोग नगरेको बिजुलीको बिलसमेत भरिदिनु परेको गुनासो उनीहरुको छ । कोरोनाको समयमा आफुहरुले कुनै सौहुलियत नपाएको र प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गत रोजगारको अवसर कसैले नपाएको उनीहरुले सुनाए ।

    बेरोजगारी, अशिक्षा, गरिबी र भोकमारीले आफ्नो समुदायमा डेरा जमाएको उनीहरु गुनासो गर्छन् । बर्खाको बेला गाउँको माथिबाट बग्ने मोहना नदी कतीबेला बस्तीमा उर्लने हो भन्ने डरले नीन्द्रा नपर्ने गरेको पनि उनीहरुको बताउँछन् । यता वडा अध्यक्ष तेजराज अवस्थीले भने खल्ला नयाँ बस्ती भएको र १५ घरधुरीलाई मात्र बत्ती तथा पानीको समस्या भएको बताउँदै आफुहरुले यसबिषयमा गम्भीर भई लागीपरेको बताउँछन् । उनले बत्तीको लागि ९ लाख बजेट छुट्याएको समेत दावी गरे । आफ्नो वडामा ३ हजार युवा बेरोजगार हुँदा वडाले मात्र यसबिषयमा केहीगर्न नसक्ने  अवस्थीले उनको भनाइ छ ।

    286138295_2163933000442717_7091423496043346118_n.jpg

    स्थानीय सरकारले तथा केन्द्रीय सरकारले खल्ला बस्तीका दलित समुदायको समस्यालाई सम्बोधन गर्दै चाँडो भन्दा चाँडो बिजुली, खानेपानी तथा रोजागारको अवसर सिर्जना उनीहरुले माग गरेका छन् । साथै आयर्आजन गर्न सिपमुलक तालिमको व्यवस्था भए आफूहरुको जिवन सहज हुने उनीहरु बताउँछन् । ब्यापार व्यवसाय सुरु गर्न आफूहरुलाई सहुलियतको आवश्यक्ता रहेको पनि उनीहरुको भनाइ छ । 

    285616760_440263587912672_4189813631065123371_n.jpg

  • सम्बन्धित विषय:

  • # कैलाली

  • शितल स्नेही
    लेखकबाट थप