• ट्रेण्डिङ्ग :
कोभिड रोकथाममा तीव्र सफलता पायौं -ओली

कोभिड रोकथाममा तीव्र सफलता पायौं -ओली


  • 5.2K
    SHARES
    • जेठ २५, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 8.0K Views

    कोभिड रोकथाममा तीव्र सफलता पायौं -ओली


    काठमाडौं,२५ जेठ । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कोभिडविरुद्धको लडाइँमा नेपालले छिटो सफलता हासिल गरेको दाबी गरेका छन् । अध्यक्ष ओलीले कोभिड संकटका बेला आफू नेतृत्वको सरकारले जनताको जीवन रक्षालाई पहिलोु भन्ने नारा दिएर त्यसविरुद्धको लडाइँमा धेरै मुलुकहरुले भन्दा बढी छिटो सफलता हात परेको बताए ।

    images

    पुष्प वरुवाल स्मृति फाउण्डेसनले मंगलबार भक्तपुरको बालकोटस्थित आफ्नै निवासमा आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले अन्य देशले आर्थिक गतिविधिलाई पहिलो प्राथमिकता दिए पनि आफू नेतृत्वको तत्कालीन सरकारले भने जनताको जीवन रक्षालाई पहिलो प्राथमिकता दिएर कोभिडको रोकथाम र नियन्त्रणसहित स्वास्थ्य क्षेत्रमा नै तीव्र प्रगति गर्न सफल भएको बताए ।

    अध्यक्ष ओलीले तत्कालीन समयमा आफ्नो जीवनको सुरक्षाको प्रवाह नगरी कोभिड संक्रमितहरुको उपचारमा केन्द्रित भएको भन्दै नेपालका चिकित्सकसहितका स्वास्थ्यकर्मीहरुको पनि प्रसंसा गरे ।विरामीहरुलाई अक्सिजनको व्यवस्था गर्न सरकारले विमानबाट सिलिन्डरसमेत झिकाउनु परेको अध्यक्ष ओलीले स्मरण गराएका थिए । ‘चिकित्सकहरुले आफ्नै जीवनको सुरक्षाको समेत प्रवाह नगरी उपचार उपलब्ध गराएका  थिए । हामीले जति यसलाई गम्भीरताका साथ लियौं  र छोटो समयमै स्वास्थ्य क्षेत्रमा तीव्र गतिमा प्रगति गर्‍यौं । राजनीतिक स्वार्थभन्दा माथि उठियो ।

    अर्थतन्त्र पहिलो भन्ने देशहरु पनि थिए । तर हामीले स्वास्थ्य पहिलो प्राथमिकता मानव जीवन पहिलो भन्ने नारा दिएर कोभिडविरुद्धको लडाइँमा सफलता पायौं ।’ अमेरिकामा कोभिड संक्रमणपछि निधन भएका बरुवालको सन्दर्भ स्मरण गराउँदै अध्यक्ष ओलीले त्यस अवधिमा नेपालले भने अस्पतालहरुको विस्तारमा समेत उल्लेख्य प्रगति गरेको बताए ।


    तेस्रो आँखा
    लेखकबाट थप