• ट्रेण्डिङ्ग :
चट्याङ लागेर ब्याउने दुई भैँसी ठहरै

चट्याङ लागेर ब्याउने दुई भैँसी ठहरै


  • 7.8K
    SHARES
    • जेठ २५, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 12.0K Views

    चट्याङ लागेर ब्याउने दुई भैँसी ठहरै

    काठमाडौं, २५ जेठ । गए राति स्याङ्जाको वालिङमा चट्याङ लागेर गोठमा बाँधिराखेका दुई भैँसी मरेका छन् । वालिङ नगरपालिका–६ बगैँचाका हेमबहादुर थापाको गोठमा रहेका दुई भैँसी मरेका स्थानीयवासी रमेश लामिछानेले जानकारी दिए । 

    images

    ब्याउने भैँसी गए राति २ बजे गोठमा चट्याङ पर्दा मरेका हुन् । गोठमा दुई भैँसीमात्रै थिए । चट्याङका कारण बगैँचा गाउँमा रातिदेखि नै बिजुली छैन । अहिले वडा प्रहरी कार्यालयबाट प्रहरी टोली घटनास्थलतर्फ गएको प्रहरी नायब उपरीक्षक ढकेन्द्र खतिवडाले जानकारी दिए ।

  • सम्बन्धित विषय:

  • # स्याङ्जा

  • तेस्रो आँखा
    लेखकबाट थप