• ट्रेण्डिङ्ग :
वाग्मती प्रदेशमा बानियाँ, केसी र प्रधानको उम्मेदवारी

वाग्मती प्रदेशमा बानियाँ, केसी र प्रधानको उम्मेदवारी


  • 5.0K
    SHARES
    • मंसिर १७, २०७८ शुक्रबार
    • ४ बर्षs अघि
    • 7.7K Views

    वाग्मती प्रदेशमा बानियाँ, केसी र प्रधानको उम्मेदवारी

    काठमाडौं, १७ मंसिर । नेपाली कांग्रेस वाग्मती प्रदेशको सभापति पदका लागि तीन जनाले उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दर्ता गराउनेमा क्रमशः इन्द्रबहादुर बानियाँ (मकवानपुर), जगदीश्वरनरसिंह केसी (नुवाकोट) र भीमसेनदास प्रधान (काठमाडौं) हुनुहुन्छ ।

    images

    उम्मेदवार केसीको प्रस्तावकमा मधुप्रसाद आचार्य र समर्थकमा कृष्ण बानियाँ (सवुज), बानियाँको प्रस्तावकमा तीर्थ लामा र समर्थकमा दुर्लभ थापाका साथै प्रधानको प्रस्तावकमा शिवप्रसाद हुमागाईँ र समर्थकमा कुन्दनराज काफ्ले हुनुहुन्छ । 

    उहाँहरुले छुट्टाछुट्टै प्यानलसहित उम्मेदवारी घोषणा गरेर निर्वाचन कार्यालय हेटौँडामा शुक्रबार उम्मेदवारी दर्ता गर्नुभएको हो ।

    बानियाँको प्यानलमा उपसभापति पदका लागि मदनकृष्ण श्रेष्ठ (भक्तपुर) र धर्मराज गौतम (काठमाडौं), महामन्त्रीमा राजु श्रेष्ठ (काठमाडौं) र तिलक रुवाली (धादिङ), सहमहामन्त्रीमा हरिशरण श्रेष्ठ (सिन्धुपाल्चोक), महेन्द्र थिङ र निरु खड्का (ललितपुर) उम्मेदवार हुनुहुन्छ । यससमेत ८३ सदस्य निर्वाचनमा भाग लिनेछन् ।

    यसैगरी, सभापतिका प्रत्यासी केसीको प्यानलमा उपसभापतिमा राजेन्द्र बुर्लाकोटी र मोहनबहादुर बस्नेत, महामन्त्री पदका लागि रामचन्द्र अर्याल (माइकल) र कञ्चनचन्द्र बादेलगायत हुनुहुन्छ ।

    शनिबार बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म मतदान हुनेछ ।

    प्रदेश प्रतिनिधिकारुपमा चुनिएर आएका करिब दुई हजार १०० मतदाताले मतदान गर्ने प्रदेश निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता केशवप्रसाद काफ्लेले जानकारी दिनुभयो ।

    अधिवेशनबाट प्रदेश सभापति एक, उपसभापति दुई, महामन्त्री दुई, सहमहामन्त्री तीनसहित ९१ जनाको प्रदेश कार्यसमिति चयन गरिने छ ।

    प्रदेशको संरचना अनुसार कांग्रेसको प्रदेश निर्वाचन पहिलोपटक हुन लागेको हो ।

  • सम्बन्धित विषय:

  • # वाग्मती प्रदेश

  • तेस्रो आँखा