काठमाडौं, २५ जेठ । नेकपा (विप्लव) निकट अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) ले किसानलाई तुरुन्त मल र विउ उपलब्ध गराउन माग गर्दै प्रदर्शन गरेको छ ।
महासंघले बुधबार रत्नपार्क शान्तिवाटिकामा तुरुन्त मल र विउ उपलब्ध गराउन र मलमा भएको कालोबजारी नियन्त्रण गर्नुपर्ने माग राख्दै विरोध प्रदर्शन गरेको हो ।
प्रदर्शनलाई अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी)का केन्द्रीय अध्यक्ष तथा नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ केन्द्रीय सदस्य ओम पुनले तथा नेकपा निकट अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष प्रकाश शाहीले सम्बोधन गरेका थिए ।
