• ट्रेण्डिङ्ग :
रक्षा, अर्थ, शिक्षा र खानेपानी मन्त्रालयको खर्च एक रुपैयाँ कायम गर्न एमालेको प्रस्ताव

रक्षा, अर्थ, शिक्षा र खानेपानी मन्त्रालयको खर्च एक रुपैयाँ कायम गर्न एमालेको प्रस्ताव


  • 5.9K
    SHARES
    • जेठ २६, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 9.0K Views

    रक्षा, अर्थ, शिक्षा र खानेपानी मन्त्रालयको खर्च एक रुपैयाँ कायम गर्न एमालेको प्रस्ताव

    काठमाडौं,२६ जेठ । नेकपा एमालेले रक्षा, अर्थ, शिक्षा र खानेपानी मन्त्रालयको खर्च कटौती गरेर एक रुपैयाँ कायम गर्न प्रस्ताव गर्ने भएको छ । आजको प्रतिनिधि सभा बैठकमा एमाले सांसदहरुले रक्षा, अर्थ, शिक्षा र खानेपानी मन्त्रालयको खर्च कटौतीको प्रस्ताव गर्ने भएका हुन् ।

    images

    संसद सचिवालयले सार्वजनिक गरेको आजको बैठकको कार्यसूचीमा यज्ञराज सुनुवारले शिक्षा मन्त्रालयको, सूर्यप्रसाद पाठकले खानेपानी मन्त्रालयको, भीम रावलले अर्थ मन्त्रालयको र नवराज सिलवालले रक्षा मन्त्रालयको खर्च रकमलाई घटाई एक रुपैयाँ कायम गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने उल्लेख छ ।

    आजको बैठकमा सत्ता गठबन्धनको एक घटक राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष एवम् प्रतिनिधि सभा सदस्य दुगौ पौडेलले र नेमकिपाका प्रेम सुवालले पनि यी चार मन्त्रालयको खर्च कटौतीको प्रस्ताव गर्ने उल्लेख छ ।


    तेस्रो आँखा
    लेखकबाट थप