• ट्रेण्डिङ्ग :
त्रिपाठीको प्रश्न- थारु र मधेसीलाई हेर्नेवित्तिकै गोली हान्ने प्रवृत्ति कहिले अन्त्य हुने ?

त्रिपाठीको प्रश्न- थारु र मधेसीलाई हेर्नेवित्तिकै गोली हान्ने प्रवृत्ति कहिले अन्त्य हुने ?


  • 5.6K
    SHARES
    • जेठ २६, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 8.6K Views

    त्रिपाठीको प्रश्न- थारु र मधेसीलाई हेर्नेवित्तिकै गोली हान्ने प्रवृत्ति कहिले अन्त्य हुने ?

    काठमाडौं,२६ जेठ । जनता प्रगतिशील पार्टीका अध्यक्षसमेत रहेका प्रतिनिधि सभा सदस्य हृदयेश त्रिपाठीले बर्दियामा बाघबाट बचाउन माग गर्नेलाई गोली हानेर मारिएको भन्दै प्रहरी प्रशासनको आलोचना गरेका छन् ।

    images

    आजको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै त्रिपाठीले थारु र मधेसीमाथि प्रहरीले ज्यादती गरेको आरोप लगाए । उनले भने, ‘बर्दियामा बाघबाट बचाउन आग्रह गर्दा पुलिस रुपी राक्षसबाट बर्दियामा मृत्यु भयो । थारु र मधेसीलाई हेर्नेवित्तिकै गोली हान्ने प्रवृत्ति कहिले अन्त्य हुने हो र ?’

    उनले लाल आयोगको प्रतिवेदनमा यथार्थमा पुलिसले गरेको ज्यादतीको फेहरिस्त भएकाले सरकारले त्यसलाई सार्वजनिक नगरेको जिकीरसमेत गरे । भ्रष्टाचारको काममा घु मुवा प्रहरीले विचौलिया र दलालको काम गरेको भन्दै उनले घुमुवा भनेर गाउँगाउँमा पठाउने काम बन्द गर्न नेपाली प्रहरीको नेतृत्वलाई सुझाव दिए । उनले आईटी क्षेत्रमा हुने घोटालाको एउटा उदाहरण इम्बोस्ड नम्बर प्लेट भएको र हज कमिटीको नाममा पार्टीका केही कार्यकर्ता पालिने गरेको भन्दै आलोचनासमेत गरे ।


    तेस्रो आँखा
    लेखकबाट थप