• ट्रेण्डिङ्ग :
मल आपूर्ति र फोहर व्यवस्थापन गर्न सांसदद्वारा ध्यानाकर्षण

मल आपूर्ति र फोहर व्यवस्थापन गर्न सांसदद्वारा ध्यानाकर्षण


  • 6.1K
    SHARES
    • जेठ २६, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 9.4K Views

    मल आपूर्ति र फोहर व्यवस्थापन गर्न सांसदद्वारा ध्यानाकर्षण

    काठमाडौं, २६ जेठ । प्रतिनिधिसभा सदस्यहरुले मलको अभावका कारण किसानहरु समस्यामा परेको भन्दै  सरकारको ध्यानाकर्षण गराएका छन् ।

    images

    प्रतिनिधिसभामा विषेष समय लिएर सांसद हृदयेश त्रिपाठीले मुलुकमा रासायनिक मल हाहाकार हुँदा पनि सरकारले ध्यान दिन नसकेको आरोप लगाए । उनले यस्तै अवस्था रहेमा यसपाली धानको उत्पादनसमेत घटने छ भने । सांसद त्रिपाठीले प्रहरीका घुमुवाले विचौलिकाको काम गरिरहेको पनि जिकिर गरे । 

    सांसद कृष्णबहादुर राईले काठमाडौं उपत्यकको फोहर व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराए । अर्का सांंसद गणेशसिंह ठगुन्नाले दार्चुलामा बुधबार एकल महिलालाई आगो लगाएर मारिएको छ भन्दै त्यस घटनाका दोषीलाई पक्राउ गरी कारवाही गर्न माग गरे ।  


    तेस्रो आँखा
    लेखकबाट थप