माओवादीलालाई पदाधिकारीसहित केन्द्रीय समिति पूर्णता दिन सकस 

माओवादीलालाई पदाधिकारीसहित केन्द्रीय समिति पूर्णता दिन सकस 


  • 7.1K
    SHARES
    • जेठ २६, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 10.9K Views

    माओवादीलालाई पदाधिकारीसहित केन्द्रीय समिति पूर्णता दिन सकस 

    काठमाडाैं,२६ जेठ । नेकपा माओवादी केन्द्रमा पदाधिकारीसहित स्थायी समिति, पोलिटब्युरो सदस्य र बाँकी रहेको केन्द्रीय सदस्य टुंगो लगाउन सकस देखिएको छ । पुस ११ गतेदेखि ८ दिनसम्म चलेको भेलालाई ८ औं महाधिवेशनको नाम दिइएपनि उक्त महाधिवेशनबाट अध्यक्ष सहित प्लेन कमिटी गठन गरेको थियो ।  माओवादी केन्द्रको हाल सम्म पनि केन्द्रीय समितिले पूर्णता नपाएपछि जिम्मेवारी पाउँने नेताहरु विचल्लीमा परेका छन् ।  पदाधिकारीसहित स्थायी समिति, पोलिटब्युरो सदस्य र बाँकी रहेको केन्द्रीय सदस्य टुंगो लगाउँन गृह कार्य सुरु भएको एक नेताले बताए । पार्टीको ८ औ महाधिवेशन सकिएको पाँच महिनापछि पार्टीको सम्पूर्ण कमिटी छिनोफानो गर्नेगरी नेताहरु जुटेका उनको भनाइ छ  । 

    images

    आगामी असार १५ गते केन्द्रीय समिति बैठकबाट सम्पूर्ण पार्टी कमिटी र जनवर्गीय संगठनको टुंगो लगाउनेगरी पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित शीर्ष नेताहरु गृहकार्यमा जुटेको पूर्व स्थायी समिति सदस्य लीलामणि पोखरेलले बताए । ‘स्थानीय तह चुनावलगतै २० गते केन्द्रीय समिति बस्ने भनिएको थियो । स्थानीय तहका प्रमुख  उपप्रमुखको प्रशिक्षण भएकाले बैठक रोकियो’ पोखरेलले भने, ‘अब असार १५ गते केन्द्रीय समिति बैठक अघि नै पदाधिकारीसहित स्थायी समिति, पोलिटब्युरो र बाँकी केन्द्रीय समिति टुंगो लगाउने गरी गृहकार्य भइरहेको छ ।’

    स्थानीय तह चुनाव अघि पदाधिकारीसहित स्थायी समिति, पोलिटब्युरो र जनवर्गीय संगठनको कमिटी टुंगो लगाउन खोजेपनि थप विवाद हुने भएकाले रोकिएको  थियो । अब आगामी प्रदेश र संघको चुनाव अघि नै पदाधिकारीसहित पार्टी कमिटी र जनवर्गीय संगठनका सबै कमिटीले पूर्णता पाउनेगरी गृहकार्य थालिएको छ । माओवादीमा पार्टी पदाधिकारी ९ देखि १५ जनासम्म बनाउने गृहकार्य थालिएको छ । अन्य पदमा खासै विवाद नभएपनि महासचिव को बन्नेमा भने चर्को विवाद देखिएको छ । महासचिवका मुख्य दावेदारको रुपमा जनार्दन शर्मा र वर्षमान पुन देखिएका छन् ।

    अरु नेताहरुले महासचिवमा दाबी गरेपनि अन्य पदमा व्यवस्थापन गर्न सक्ने अवस्था रहेको नेताहरुले बताएका छन् । । ‘महासचिवमा जनार्दन जी र वर्षमानजी मुख्य दावेदारको रुपमा हुनुहुन्छ । उहाँहरुलाई मिलेर आउनुस् जो भएपनि पार्टीकै महासचिव हुन्छ भनेकै छौ’ एक पूर्व स्थायी समिति सदस्यले भने, ‘तर, उहाँ (जनार्दन र वर्षमान) अहिले मिलेर आउन सक्नु भएको छैन । महासचिवमा सर्वसम्मत नभएमा चुनाव गरेर भएपनि टुंगो लगाउने भन्नेछ ।’ महासचिवमा सहमति नभए प्रचण्ड नै आन्तरिक चुनाव गरेर भएपनि जानेमा मोडमा रहेको नेताहरुको भनाइ छ ।