काठमाडौ,२७ जेठ। जनता समाजवादी पार्टीका सांसद रामबाबु कुमार यादवले आफूले दिएको र मधेस प्रदेशका अन्य योजनामा बजेट नदिए संघीय मामिला मन्त्रालयमै अनशन बस्ने चेतावनी दिएका छन् । बिहीबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठको टेबुल ठोकाठोक गरेका उनले शुक्रबार मधेस प्रदेशका अन्य योजनामा बजेट नदिए मन्त्रालयमै अनशन बस्ने चेतावनी दिएका हुन् ।
‘यो विभेद तथा प्रवृत्तिविरुद्ध मैंले विरोधको विगुल फुकेको हो । आफ्नो क्षेत्र तथा बाराको जनताको लागि मन्त्रीसँग मात्रै नभएर राज्यको जुनसुकै शक्तिसँत लड्न तथा संघर्ष गर्न तयार छु ।’ उनले भने ‘सिंहदरबार देख्न नपाएका जनताको लागि असार ३ गतेसम्मको अल्टिमेटम दिसकेको छु । यस्तो प्रवृत्ति सच्चिएन भने मन्त्रालयमै अनशन बस्छु ।’ यस्तै उनले मधेश प्रदेशको जनता करदाता, मतदाता र अन्नदाता मात्रै हुन रु त भनी प्रश्नसमेत गरेका छन् । संघीय मामिला मन्त्रालयले प्रदेश १ मा १ हजार २ सय सिंचाई, कृषि सडक, र झुलुङ्गे पुलको योजना दिएको तर मधेस प्रदेशमा नदिएको गुनासो उनको छ ।
‘मैले आफ्नो क्षेत्र तथा बारा जिल्लाको जनतालाई आवश्यक विकासका योजना ३ पटक गरि २० वटा योजना झोलुङ्गे पुल, कृषि सडक, साना पुल, र सिँचाई सम्बन्धी योजना० लेटरप्याड लेखेर दिएँ ।’ उनले भने ‘बारा जिल्लाको लागि एउटा पनि योजना किन नपरेको रु बारा जिल्लाको जनता तपाईलाई भोट मात्रै दिएर मन्त्री बनाईराख्ने रु बाराको जनता मतदाता र देशलाई अन्नबाली उब्जाएर दिने अन्नदाता मात्रै हो ?
उनले मन्त्रालय किन पूर्वाग्रही भएको भनेर प्रश्न गर्दा मन्त्रीले जवाफ दिनुको साटो ढाँट्न तथा उठेर भाग्न खोजेको आरोप लगाए । उनले भने, ‘ मन्त्रीले जनताको कुरा सुन्नुपर्छ भनेर जनताको आक्रोश पोख्दा चर्का चर्की भएको हो । ‘८ जिल्ला भएको मधेश प्रदेशमा ४० वटा मात्रै योजना अनि एउटा मन्त्रीको क्षेत्रमा १२८ वटा योजना राखिएको उनको दावी छ ।
