• ट्रेण्डिङ्ग :
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माओवादी) द्वारा सरकारसँग १५ बुँदे माग

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माओवादी) द्वारा सरकारसँग १५ बुँदे माग


  • 5.7K
    SHARES
    • जेठ २७, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 8.7K Views

    नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माओवादी) द्वारा सरकारसँग १५ बुँदे माग

    काठमाडौं, २७ जेठ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माओवादी) ले नेपाल सरकारसँग विद्यमान समस्या समाधानको लागि १५ बुँदे माग गरको छ । 

    images

    शुक्रबार रिपोर्टस क्लब नेपालमा प्रेस विज्ञप्ती प्रस्तुत गर्दै नेकपा एकीकृत माओवादीले सरकारसँग १५ बुँदे माग गरेको हो । उसले पेट्रोलियम पदार्थमा भएको मुल्यबृद्धि घटाउनुपर्ने, पेट्रोलियम पदार्थको विकल्प खोज्नुपर्ने, कृषि क्षेत्रमा भएको मल र विउको अभावलाई सम्बोधन गर्नुपर्ने, इम्बोस्ड नम्बर देवनागरिक लिपीमा लेखिनुपर्ने लगायतका माग राखेको छ । 

    त्यस्तै एमसीसीको बारेमा नागरीकलाई तत्काल जानकारी गराउनुपर्ने, नेपाल सरकार एक चिन नितीमा कटिवद्ध हुनुपर्ने, जातजाती माथिको विभेदको अन्त्य हुनुपर्ने लगायतको माग गरेको छ । फुटपाथ व्यवस्थापन, भ्रष्टाचारीलाई कारबाही गर्न तथा काठमाडौंको फोहोरलाई तत्काल समाधान गर्न पनि उसले सरकारसँग माग गरेको छ । 

    286721331_362121306014048_7163440387200703383_n (1).jpg286408523_1122935064956671_4454890198854828241_n (1).jpg


    तेस्रो आँखा
    लेखकबाट थप