• ट्रेण्डिङ्ग :
जिसस काठमाडौंको प्रमुर र उपप्रमुख सहित ५ सदस्यमा कांग्रेसका उम्मेदवार निर्विरोध

जिसस काठमाडौंको प्रमुर र उपप्रमुख सहित ५ सदस्यमा कांग्रेसका उम्मेदवार निर्विरोध


  • 6.2K
    SHARES
    • जेठ २७, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 9.5K Views

    जिसस काठमाडौंको प्रमुर र उपप्रमुख सहित ५ सदस्यमा कांग्रेसका उम्मेदवार निर्विरोध

    काठमाडौं, २७ जेठ । जिल्ला समन्वय समिति काठमाडौंको प्रमुख र उपप्रमुख सहित ५ सदस्यमा कांग्रेसका उम्मेदवार निर्विरोध भएका छन् । सदस्यमा नै नेकपा माओवादी केन्द्रबाट एक जना र एकीकृत समाजवादीका एक जना उम्मेदवार निर्विरोध भएका छन् ।

    images

    प्रमुखमा नेपाली कांग्रेसका सन्तोष बुढाथोकी, उपप्रमुखमा पनि नेपाली कांग्रेसकै शान्ति पाण्डे निर्विरोध भएकी हुन् । खुल्ला ३ सदस्य, २ महिला सदस्यमा पनि नेपाली कांग्रेसको मात्रै उम्मेद्वारी परेको हो ।


    एकीकृत समाजवादीबाट एक महिला सदस्य र नेकपा माओवादी केन्द्रका एक दलित सदस्यको मात्रै उम्मेदवारी परेको काठमाडौं जिल्ला निर्वाचन कार्यालयका सहायक निर्वाचन अधिकृत प्रेमप्रसाद पौडेलले जानकारी दिए ।

    ‘जिल्ला समन्वय समितिको प्रमुख, उपप्रमुख र सदस्यहरुको सबै पदमा एक एक जनाको मात्रै उम्मेद्वारी परेकोले मतदान नहुने भएको छ । निर्वाचन तालिका अनुसार हामी आधिकारिक घोषणा भोलि मात्रै गर्छौं’, उनले भने ।


    तेस्रो आँखा
    लेखकबाट थप