मुगुमा एक महिनापछि पाठ्यपुस्तक पुग्यो

मुगुमा एक महिनापछि पाठ्यपुस्तक पुग्यो


  • 6.9K
    SHARES
    • जेठ २८, २०७९ शनिबार
    • ४ बर्षs अघि
    • 10.5K Views

    मुगुमा एक महिनापछि पाठ्यपुस्तक पुग्यो

    काठमाडौं,२८ जेठ । मुगु जिल्लामा विद्यालय संचालन भएको करिब एक महिनापछि पाठयपुस्तक पुगेको छ ।
    गत जेठ १ गते देखि विद्यालयमा पठनपाठन सुरु गरिए पनि पाठयपुस्तक अभावमा अध्यन अध्यापन प्रभावित भएको थियो ।

    images

    छायाँनाथ रारा नगरपालिकाअन्तर्गत ४४ वटा सामुदायिक विद्यालयका लागि ढुवानीको जिम्मा लिएको जयलक्ष्मी पुस्तक भण्डारले शुक्रबार पुस्तक गमगढीमा पुर्‍याएको छ । प्रादेशीक राजधानी सुर्खेत पाठयपुस्तक बिक्री डिपोबाट ढुवानी गरी गमगढीमा पुगेको हो । जिल्ला  पुगेका सबै पुस्तक ढुवानी गरिसकेपछि सामुदायिक विद्यालयलाई वितरण गरिने पुस्तक बिक्रेता जयलक्ष्मी भामले बताए ।

    पुस्तक ढुवानीको निम्ति सम्बन्धित निकायलाई पटक पटक  ताकेता गरेपछि शुक्रबार गमगढी बजारमा नयाँ पुस्तक पुगेको छायाँनाथ रारा नगरपालिकाका प्रमुख विष्णु कुमार भामले बताए । जिल्लाको सोरु, खत्याड र मुगुम कार्मारोङ गाउँपालिकामा जिम्मा लगेका पुस्तक बिक्रेताले छिट्टै पालिकास्तरमा पुस्तक पुर्‍याएर वितरण सुरु हुने जिल्ला शिक्षा विकास समन्वय इकाइ कार्यालयले जनाएको छ ।


    तेस्रो आँखा
    लेखकबाट थप