• ट्रेण्डिङ्ग :
तनहुँमा खोलाले बगाएर एक जनाकाे मृत्यु

तनहुँमा खोलाले बगाएर एक जनाकाे मृत्यु


  • 8.6K
    SHARES
    • जेठ २८, २०७९ शनिबार
    • ४ बर्षs अघि
    • 13.2K Views

    तनहुँमा खोलाले बगाएर एक जनाकाे मृत्यु

    काठमाडौं, २८ जेठ । तनहुँको शुक्लागण्डकी नगरपालिका–१० स्थित बामताङ खोलाले बगाएर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा शुक्लागण्डकी–१० कुखुरेखोला बस्ने ५० वर्षीया यामबहादुर विक रहेको इलाका प्रहरी कार्यालय बेलचौताराले जनाएको छ । 

    images

    शुक्रबार राति घर जाने क्रममा बामताङ खोलामा आएको भेलले बगाउँदा बेपत्ता भएका विकको शव आज बिहान फेला परेको कार्यालयका प्रहरी निरीक्षक भोजराज पाण्डेले जानकारी दिए । बगाएको स्थानदेखि सात सय मिटर तल घोप्टो अवस्थामा विकको शव फेला परेको उनले बताए ।

  • सम्बन्धित विषय:

  • # तनहुँ

  • तेस्रो आँखा
    लेखकबाट थप